Error
  • Error loading feed data.

सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ : प्रधानमन्त्री नेपाल

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौँ, कात्तिक १६ - प्रधानमन्त्री माधवकुमार नेपालले सरकार भ्रष्टाचारीलाई कारबाही गर्न सदैव तत्पर रहेको बताएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएको ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णुबहादुर सिंहले जानकारी दिए।


ट्रान्सपरेन्सीको जर्मनीको बर्लिनस्थित केन्द्रीय कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार झन् बढ्दै गएको उल्लेख भएकाले यसलाई कसरी रोक्न सकिन्छ भनेर आफूहरूले प्रधानमन्त्रीसँग परामर्श गरेको उनले बताए।

अध्यक्ष सिंहको नेतृत्वमा गएको सो टोलीले सार्वजनिक पदमा रहेका व्यक्तिको राष्ट्रिय सदाचार पद्धति, आचारसंहिता, वैदेशिक सहायता पारदर्शिता, राजस्व चुहावट नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको थियो।

अध्यक्ष सिंहका अनुसार उनीहरूले आगामी मंसीर २३ गते विश्व भ्रष्टाचारविरुद्धको दिवस मनाउनेबारे पनि प्रधानमन्त्री लगायत सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए।

छलफलमा महालेखापरीक्षक, राष्ट्रिय सतर्कता केन्द्र, अर्थमन्त्रालय लगायतका सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो।- रासस

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld