Error
  • Error loading feed data.

एमाले र माओवादीको सम्झौता चालबाजी : सिटौला

smaller text tool iconmedium text tool iconlarger text tool icon
कैलाली, कात्तिक १६ - नेकपा (एमाले) र एकीकृत नेकपा माओवादीको चालबाजीका कारण रामचन्द्र पौडेलले प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता नलिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले बताएका छन्। नेता सिटौलाले धनगढीको गेटा विमानस्थलमा भने, 'एमाले र माओवादीको चालबाजी हुनसक्ने शंकाले उम्मेदवारी फिर्ता नलिइएको हो।'


उनले नेपाली काँग्रेसको पहिलो प्राथमिकता सत्ता र सरकार नभएको बताए। 'काँग्रेसको पहिलो चाहना भनेको शान्ति र संविधान हो, सरकार र सत्ता होइन,' नेता सिटौलाले भने।

'प्रधानमन्त्री नेपालले राजीनामा दिएको चारमहिना बित्न लागे पनि सहमति भएको छैन, पौडेलको उम्मेदवारी फिर्तापछि सहमतिको ग्यारेन्टी के छ?' सिटौलाले प्रतिप्रश्न थियो। -रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld