Error
  • Error loading feed data.

‘प्रतिगामीसित माओवादी साँठगाँठ'

smaller text tool iconmedium text tool iconlarger text tool icon
जनकपुर, कात्तिक १६ (नागरिक)- सद्‍भावना पार्टीका अध्यक्ष एवं आपूर्तिमन्त्री राजेन्द्र महतोले एकीकृत माओवादीका गतिविधिले लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन्।

‘प्रतिगामी तत्त्वहरूसित हात मिलाएर माओवादीले हजारौँ नेपालीको सहादतबाट प्राप्त लोकतन्त्रलाई अवहेलना गरिरहेको छ,'

मंगलबार सद्‍भावना पार्टीले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले भने, 'प्रतिगामीसितको माओवादी साँठगाँठले लोकतन्त्र खतरामा पर्दैछ।'
चार महिनासम्म मुलुक प्रधानमन्त्रीविहीन हुनुको मुख्य दोषी माओवादी रहेको महतोले जिकीर गरे। माओवादीको भारतविरोधी अभियानले भारतसँगको 'बेटीरोटी' सम्बन्ध चिसिएको उनको दाबी छ।

‘माओवादीको उच्छृंखल गतिविधिले भारत टाढिँदै गएको छ,' उनले भने, 'कूटनीतिक मात्र होइन, बेटीरोटीको सम्बन्ध गाँसिएकाले भारतले सीमामा प्रतिबन्ध लगाए घाटा नेपाललाई नै बढी हुन्छ।'

केही महिनायता सीमावर्ती क्षेत्रमा एसएसबीको ज्यादती बढ्नुलाई महतोले यसैको उपज भएको टिप्पणी गरे।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld