Error
  • Error loading feed data.

सर्त माने दाहाल प्रधानमन्त्रीः पौडेल

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १६ (नागरिक) -कांग्रेसले शान्ति प्रक्रिया र लोकतान्त्रीक संविधान निर्माणको सुनिश्चितता भए माओवादी नेतृत्वमा सरकार गठनमा सहयोग गर्ने जनाएको छ।  संसदीय दलका नेता रामचन्द्र पौडेलले पार्टीले अघि सारेको चार बूँदे अवधारणा मान्न माओवादी तयार भए नयाँ प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्न बताएका हुन्।

मंगलबार कांग्रेस संसदीय दलको बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

'कांग्रेसले अघि सारेका लडाकूको समायोजन, हतियार विहिन नागरिक पार्टीमा रुपान्त्रण हुने र लोकतान्त्रिक संविधान निर्माण गर्ने सुनिश्चितता भए हामी प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मान्न तयार छौ' बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने।


पौडेलले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा पछि माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यमा भन्दा सरकारको नेतृत्वलाई प्राथमिकता दिएकाले दलहरुबीच सहमति हुन नसकेको दावी गरे। 'हाम्रो शान्ति र संविधान निर्माण प्राथमिकता हो तर माओवादीले सरकारको नेतृत्व प्राथमिकतामा राखेकाले सहमति हुन नसकेको हो' उनले भने।


कांग्रेसले यसअघि लोकतान्त्रीक संविधान निर्माणको ग्यारेन्टी, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने लयागतका चार बुदे अवधारणा प्रमुख दुई दल माओवादी र एमालेसमक्ष अघि सारेको छ। कांग्रेसले राखेको प्रस्तावप्रति माओवादी र एमालेले भने प्रधानमन्त्रीको उम्मेदबारी फिर्तालाई मुख्य सर्त बनाएका छन्। कांग्रेसले उम्मेदबारी फिर्ता पनि सहमतिको प्याकेजनमा राखेर छलफल गनुपर्ने अडान राख्दै आएको छ। माओवादी र एमालेले भने उम्मेदबारी फिर्ता गरी नयाँ शिरावाट सहमतिको सुरुवात गनुपर्ने अडान राख्दै उम्मेदबारी फिर्ता गर्न कांग्रेसलाई आग्रह गर्दै आएका छन्।


कांग्रेसका तर्फवाट प्रधानमन्त्रीका उम्मेदबार पौडेल सोमबार पन्ध्रौ पटक प्रधानमन्त्री निर्वाचनबाट पराजित भएका छन्। प्रधानमन्त्रीका अर्को उम्मेदबार माओवादी अध्यक्ष दाहालले भने सातौ चरणको निर्वाचनपछि उम्मेदबारी फिर्ता लिएका हुन।


मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले वजेट अवरोधका कारण मुलुकको आर्थिक अवस्थानै तहस नहश भएको ठहर गर्दै सरकारलाई वजेट ल्याउन पहल गर्न आग्रह गरेको छ।


वजेट आउन नसक्दा मुलुकको आर्थिक गतिविधि ठप्प भएकाले प्रतिपक्ष दलसँग पनि छलफलगरी जतिसक्दो चाडै वजेट ल्याउने वातावरण बनाउन सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ। 'मुलुकमा देखिएको आर्थिक संकटप्रति अविलम्व कदम चाल्न सरकारसँग माग गर्ने निर्णय भएको छ' दलका प्रवक्ता नविन्द्रराज जोशीले बैठकपछि संवाददाताहरसँग भने, 'सरकारको बार्षिक बजेट सदनमा प्रस्तुत हुन नसक्दा मुलुक गंभीर आर्थिक संकट तर्फ उन्मुख हुन गैरहेको परिस्थितिलाई ध्यानमा राखी यस दिशामा सरकारले अभिलम्ब कदम चालोस भन्ने सुझाव सरकारलाई प्रस्तुत गरेका छौं।'

 

बैठकमा संविधानका विभिन्न विषयहरुमा माओवादी र एमालेसँग देखिएको मतभेद र कार्यदलको बैठकमा भएको छलफलका बारेमा सभासद् रमेश लेखकले जानकारी गराएका थिए। उनले शिर्ष नेताहरु संलग्न कार्यदलको बैठकमा सहमति भएको भनिएका कतिपय नयाँ संविधान निर्माणका विषयहरुमा अझै कुरा नमिलेको जानकारी बैठकमा राखिएको थियो।
बैठकले माओवादी लडाकूहरुको समायोजनमा भएको ढिलाईप्रति गम्भीर आपत्ती प्रकट गरेको छ। कांग्रेसले लोकतान्त्रीक संविधान निर्माणका लागि राखेको अडान कायम गर्नुपर्ने ठहर पनि बैठकको छ। 'लोकतान्त्रीक संविधान निर्माणमा कार्यदलमा कांग्रेसले राखेको अडान छोड्न नहुने ठहर वैठकको छ' जोशीले भने।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld