Nepal Republic Media Pvt. Ltd.

Thursday
Feb 20th
Error
  • Error loading feed data.

सरकार निर्माण प्रक्रिया छिटो टुङ्ग्याउ : अमेरिकी राजदूत

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १६ (नागरिक) - नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले सरकार निर्माण प्रत्रिया चाडो टुङ्ग्याउन आग्रह गरेका छन्। मंगलबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग सिंहदरबारमा भएको भेटमा उनले उत्त आग्रह गरेका हुन्।
राजनीतिक गतिरोधका कारण १५ औं पटकको निर्वाचनमा पनि प्रधानमन्त्री छान्न दलहरू असफल भइरहेका बेला राजदूत डेलिसीको उक्त भनाई आएको हो।

'सरकार बन्ने प्रक्रिया ढिलो चाडो हुनु ठूलो कुरा होइन,' राजदूति डेलिसीको भनाई उर्द्वृत गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले भने, 'तर, सरकार निर्माण प्रक्रियाले मुलुक अफ्ठ्यारोमा पर्नु हुँदैन।'

सरकार बनाउने काम नेपाली जनता र दलको भएको जनाउँदै उनले चाडो टुङ्गोमा पुग्न आग्रह समेत गरे। जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि अमेरिकालाई फरक नपर्ने भनाई राजदूतको थियो। 'सरकारमा जोसुकै आए पनि फरक पर्दैन, हाम्रो सहयोग जारी रहन्छ,' राजदूत डेलिसीले भनेका थिए।

भेटमा राजदूत डेलिसीले बजेटका विषयमा पनि जिज्ञासा राखेका थिए। बजेटका विषयमा दलहरूबीच छलफल भइरहेको र छिट्टै निकास निस्कने जानकारी अध्यक्ष नेम्वाङले राजदूतलाई दिएका थिए।

अनमिनको अन्तिम कार्यावधिमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु पर्ने जनाउँदै राजदूत डेलिसीले यदि त्यसो नभएमा पनि आत्तिहाल्नु नपर्ने बताएका थिए। राजदूतको भनाई उर्द्वृत गर्दै अध्यक्ष नेम्वाङले भने, 'जनावरी १५ भित्र शान्ति प्रक्रिया टुङ्गीनेमा हामी आशावादी छौं। तर नभए, अनमीन जान्छ भनेर चिन्ता लिनु पर्दैन। अनमिन गए पनि फरक पर्दैन, शान्ति प्रक्रियामा हाम्रो सहयोग र समर्थन जारी रहन्छ।'

राजदूत डेलिसीले संविधान निर्माणमा प्रगती सुन्न पाएकोमा खुसी व्यत्त गरेका थिए। नेपाल भित्रका समस्या सुल्झाउन केही सहयोग चाहिए अमेरिका गर्न तयार रहेको प्रतिवद्धता उनले दोहोर्‍याएका थिए।

मंगलबार नै राजदूत डेलिसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेट गरेका थिए। केही दिन अघि राजदूत डेलिसीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराल र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

खनालसँगको भेटमा राजदूत डेलिसीले वर्तमान राजनीतिक गतिरोध, निकासका लागि भइरहेका प्रयास, जारी शान्ति प्रक्रिया, संविधान निर्माण, माओवादी लडाकुको समायोजन तथा व्यवस्थापन लगायतका विषयमा जिज्ञासा राखेको थिए।

दलहरुबीच सहमति कायम भई राष्ट्रिय सहमतिको सरकार निर्माण गरी शान्ति र संविधान तोकिएकै समयमा सम्पन्न हुन सकोस भन्ने अन्तराष्ट्रिय समुदायको चाहना रहेको भेटमा राजदूतले बताएका थिए।

जवाफमा अध्यक्ष खनालले शान्ति र संविधान सुनिस्चित गर्नका लागि राष्ट्रिय सहमतिको बिकल्प नभएको र उक्त सहमति निर्माण गरी जतिसक्दो छिटो सहमतिको सरकार निर्माणका लागि एमाले प्रयत्नशील रहेको बताएका थिए।

यस्तै नेपाल भ्रमणमा रहेको यूरोपियन यूनियन (इयु) को संसदिय टोलीले मंगलबार नै संविधानसभाका अध्यक्ष नेम्वाङसँग भेटवर्ता गरेको थियो। इयुको टोलीले पनि सरकार निर्माण, जारी शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld