Error
  • Error loading feed data.

एमाले-माओवादी मिलेर कङ्ग्रेसको उमेद्‍वारी खारेज गर्ने बामदेवको भनाई

smaller text tool iconmedium text tool iconlarger text tool icon
दाङ, कात्तिक १६ (नागरिक)- सहमतिमा फिर्ता नलिए कांग्रेसको प्रधानमन्त्री उम्मेदवारी खारेज गरिदिने एमाले उपाध्यक्ष वामदेव गौतमले चेतावनी दिएका छन्। एमाले र माओवादी मिलेर त्यसको तयारीसमेत भएको गौतमले खुलाए। 'कांग्रेसले प्रधानमन्त्री उम्मेदवारी फिर्ता नलिएसम्म राजनीतिक सहमति हुँदैन,' उनले भने। प्रेस चौतारी दाङले तुलसीपुरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले भने, 'सहमतिमा फिर्ता नभए नियमावली संशोधन गरेर खारेज गरिदिन्छौँ।'
कांग्रेसको उम्मेदवारी फिर्ता गराउनेबारे एमालेले माओवादीसँग छलफल चलाइसकेको उनले खुलाए। गौतमका अनुसार एमाले र माओवादीको बहुमतले नियमावली संशोधन गरेर प्रधानमन्त्रीका एक्ल उम्मदेवार रामचन्द्र पौडेलको उम्मेदवारी खारेज गर्नेबारे दुई पार्टीबीच तयारी भएको छ।

'हामी संसद्को नियमावली संशोधन गरेर भए पनि कांग्रेसको उम्मेदवारी फिर्ता गराउने तयारीमा छौँ,' उनले भने, 'त्यसबारे एमाले र माओवादीबीच छलफल चलिरहेको छ।'

एमाले र माओवादीले संसद्मा नियमावली संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने र कांग्रेसलाई बाध्य बनाएर उम्मेदवारी फिर्ता गराउने गौतमको दाबी छ।
राजनीतिक सहमतिका लागि सबै दलबीच नभए एमाले र माओवादीबीच कार्यगत एकता हुनुपर्ने उनले बताए। 'कांग्रेसको उम्मेदवारी फिर्ता गराएर राजनीतिक सहमतिको वातावरण तयार गर्नमात्रै भए पनि संसद्मा माओवादी-एमाले मिल्नुपर्छ,' गौतमले औंल्याए।

कांग्रेस हठले गतिरोध लम्बिएको गौतमको आरोप छ। संक्रमणकालमा राजनीतिक संकट गहिरिनुमा पहिले माओवादी र अहिले कांग्रेस दोषी रहेको उल्लेख गर्दै गौतमले भने, ''माओवादी लचिलो हुँदा पनि कांग्रेसले हठ त्याग्न सकेन,' उनले भने, 'तर राजनीतिक सहमतिबारे अब तीनै दल एकै ठाउँमा बसेर छलफल गर्नुपर्छ, समस्या तीनै दलमा छ, समाधान पनि तीनैले खोज्नुपर्छ।'

संसद्मा भएको प्रधानमन्त्री निर्वाचनले माओवादी र कांग्रेसलाई सरकार नेतृत्वमा अस्वीकृत गरिसकेको दाबी गौतमको छ। 'जनताले माओवादीका पुष्पकमल दाहाल र कांग्रेसका रामचन्द्र पौडेललाई अस्वीकृत गरिसकेका छन्,' उनले भने, 'अब नयाँ विकल्प खोज्नुपर्छ।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld