Nepal Republic Media Pvt. Ltd.

Thursday
Feb 20th
Error
  • Error loading feed data.

नेविसंघ नेतालाई मार्ने धम्की

smaller text tool iconmedium text tool iconlarger text tool icon
रुकुम, कात्तिक १६ (नागरिक)- कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य खडकबहादुर डाँगीलाई जिल्लाका एक ठेकेदारले मार्ने धम्की दिएका छन्। सदरमुकाम खलंगाका ठेकेदार सुरतजंग मल्लले आफूलाई मार्ने धम्की दिएको डाँगीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरे।
रुकुमस्थित नेपाली सेनाको दि फेमस महिन्दा दल गणको रासनठेक्कामा अनियमितताबारे पत्रकार सम्मेलन गरेको आरोपमा मल्लले धम्की दिएको उनले बताए।

धम्की आएपछि आफू डेरासमेत जान छाडेको, आफन्त र साथीकहाँ बस्दै आएको उनले बताए।

'तिहारभित्रै सबै शक्ति प्रयोग गरेर ज्यान लिने धम्की दिएका छन्,' कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका डाँगीले भने, 'अनियमितताबारे आवाज उठाउँदा डरमर्नु भयो।'
कात्तिक ९ गते सेना, प्रहरी र खलंगास्थित त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माण ठेक्कामा व्यापक अनियमितता भएको भन्दै नेविसंघ र तरुण दल रुकुमले संयुक्त पत्रकार सम्मेलन गरेका थिए।

मल्लले डाँगीका घरबेटी र खाना खाने होटलमालिकलाई समेत धम्की दिएको उनले जानकारी दिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld