Nepal Republic Media Pvt. Ltd.

Thursday
Feb 20th
Error
  • Error loading feed data.

विद्यार्थी बलात्कारको आरोपमा शिक्षक प्रहरी खोरमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
महेन्द्रनगर, कात्तिक १७ (नागरिक) - आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरका एक शिक्षकलाई प्रहरीले खोरमा हालेको छ। प्रहरीले कञ्चनपुरको झलारीस्थित चन्द्रसुर्य माविका शिक्षक केशवदत्त जोशीलाई बलात्कारको आरोपमा मंगलबार पक्राउ गरेको हो।

पीडित छात्राका अभिभावकले मौखिक खबर गरेको आधारमा झलारीस्थित प्रहरी चौकीले शिक्षक जोशीलाई पक्राउ गरेको हो। 'बलात्कारको आरोप लागेकाले पक्राउ गरेर अनुसन्धान थालेका छौं' कञ्चनपुरका प्रहरी उपरिक्षक पवनप्रसाद खरेलले भने। छात्रालाई बलात्कार गरे नगरेकोवारे मेडिकल रिपोर्ट आउन बाँकी रहेको एसपी खरेलले बताए। जाहेरी नदिएपनि कुनै व्यक्ति माथि शंका लागे प्रहरीले २४ घण्टा नियन्त्रणमा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान रहेको उनले बताए।

बलात्कृत भएकी भनिएकी छात्राको महाकाली अञ्चल अस्पतालमा मेडिकल चेकजाँच गरिएको छ। दश कक्षामा अध्ययनरत छात्रालाई शिक्षक जोशीले टयुसन पढाउन घरमा वोलाएको मौका छापेर बलात्कार गरेको परिवारजनको आरोप छ। शनिबार बलात्कार गरिए पनि प्रहरीलाई ढिला खबर गरेको बताएका छन्। प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीले आफूमाथि लगाईएको आरोप झुट भएको बताए।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld