Error
  • Error loading feed data.

प्रहरीसितको भिडन्तमा एक मारिए

smaller text tool iconmedium text tool iconlarger text tool icon
सुरेश यादव, जनकपुर, कात्तिक १७- गएराति गस्तीमा निस्केको प्रहरी टोलीको गोलीले एक युवकको मृत्यु भएको छ। बिहान तीन बजे जनकपुर-बसपिटी सडक खण्डमा प्रहरीको गोलीबाट मारिएका अन्दाजी २८ वर्षीय सो युवकको नाम ठेगाना खुल्न सकेको छैन।

प्रहरीले उनी भिडन्तमा मारिएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जगदिश पोखरेलले गस्तीमा खटेको प्रहरी टोलीमाथि गोली चलाउँदा जवाफी कारवाहीमा उनको मृत्यु भएको बताए।

उनका अनुसार चार जनाको समूहमा रहेका हतियारधारीहरुले गस्तीका प्रहरीलाई ताकेर गोली चलाएपछि प्रहरीले दोहरो फायरिङ गरेका थिए।

यस क्रममा अन्य तीन जना भाग्न सफल भएको र एकको मृत्यु भएको उनले बताए। घटना बारे थप अनुसन्धान जारी छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld