Error
  • Error loading feed data.

अनमिन गए पनि फरक पर्दैन : डेलिसी

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १६ (नागरिक)- नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले अनमिनको अन्तिम कार्यावधिभित्रै शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने जनाउँदै त्यसो नभए पनि आत्तिहाल्नु नपर्ने बताएका छन्।


मंगलबार भएको भेटमा राजदूतको भनाइ उद्धृत गर्दै संविधान सभा अध्यक्ष सुवास नेम्वाङले भने, 'जनवरी १५ भित्र शान्तिप्रक्रिया टुंगिनेमा हामी आशावादी छौँ, अनमिन गए पनि फरक पर्दैन, शान्तिप्रक्रियामा हाम्रो सहयोग र समर्थन जारी रहन्छ।'


डेलिसीले संविधान निर्माणमा प्रगति सुन्न पाएकोमा खुसी व्यक्त गरेका थिए। नेपालका समस्या सुल्झाउन सहयोग चाहिए अमेरिका तयार रहेको प्रतिबद्धता उनले दोहोर्‍याए।


मंगलबारै राजदूत डेलिसीले एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरेका थिए। केही दिनअघि उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।


खनालसँगको भेटमा राजदूत डेलिसीले वर्तमान राजनीतिक गतिरोध, निकासका प्रयास, शान्तिप्रक्रिया, संविधान निर्माण, माओवादी लडाकु समायोजन तथा व्यवस्थापनलगायत विषयमा जिज्ञासा राखेका थिए।

दलहरुबीच सहमति कायम भई राष्ट्रिय सहमतिको सरकार निर्माण गरी शान्ति र संविधान तोकिएकै समयमा सम्पन्न हुन सकोस् भन्ने अन्तर्राष्ट्रिय समुदायको चाहना रहेको भेटमा राजदूतले बताएका थिए।

जवाफमा खनालले शान्ति र संविधान सुनिश्चितताका लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको र सहमतिमा छिटो सरकार निर्माणका लागि एमाले प्रयत्नशील रहेको बताएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld