Nepal Republic Media Pvt. Ltd.

Thursday
Feb 20th
Error
  • Error loading feed data.

प्रान्तले नागरिकता नदिनेमा सहमति नजिक पुगे दलहरु

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, कात्तिक १७ (नागरिक)- संविधान निर्माणमा रहेका असहमतिहरु हटाउन गठित शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय कार्यदलको आजको बैठकमा एकल नागरिकताको प्रावधानमा दलहरु सहमति नजिक पुगेका छन्। भोलिको बैठकले यसको टुंगो लगाउने बैठकमा सहभागी नेताहरुले बताएका छन्।  यसअघि प्रान्त र केन्द्र दुवैले नागरिकता दिनुपर्ने विषयमा दलहरुबीच मतभेद थियो।

बैठकपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ' प्रान्तीय परिचयका साथ एकल नागरिकता प्रमाणपत्र जारी गर्नेमा हामी सिद्धान्ततः सहमत भयौँ।'

मधेसवादी दलहरुले यसअघि केन्द्र र प्रान्त सरकार दुवैले नागरिकता जारी गर्ने गरी दोहोरो नागरिकताको प्रावधान नयाँ संविधानमा राख्‍नुपर्ने अडान राख्दै आएका थिए।

कार्यदलले पछिल्ला केही दिनदेखि लगातार बैठक बसेर संविधान निर्माणमा रहेका असहमतिहरुलाई घटाउँदै लगेको छ।

संविधान सभाको ठूलो दलको हैसियतले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित कार्यदलमा प्रमुख दलका शीर्ष नेताहरु सहभागी छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld