Error
  • Error loading feed data.

एकै परिवारका चारमाथि खुकुरी प्रहार

smaller text tool iconmedium text tool iconlarger text tool icon
श्रीमानश्रीमति र छोरीको अवस्था चिन्ताजनक-
खगेन्द्र अधिकारी, ताप्लेजुङ, कात्तिक १७- ताप्लेजुङको फुङलिङ ८ निगिजुङमा गएराति एकै परिवारका ४ जनामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ। ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। खुकुरी प्रहारबाट घाइते हुनेमा ७५ वर्षीय दीलबहादुर मादेन, उनकी श्रीमति ६५ वर्षीय देवमाया मादेन, ३० वर्षीया छोरी प्रीति मादेन तथा ३५ वर्षीय भतिज कमल मादेन रहेका छन्।


जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रल्हाद अधिकारीका अनुसार घाइते मध्ये श्रीमान् दीलबहादुर, श्रीमति देवमाया र छोरी प्रीतिलाई जिल्ला अस्पतालले उपचार गर्न नसक्ने भन्दै रेफर गरेपछि एम्बुलेन्सबाट बीपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार दीलबहादुरको टाउकोमा गम्भीर चोट रहेको छ भने श्रीमति देवमायाको छातीमा गहिरो प्रकृतिको चोट लागेको छ।

उता छोरी प्रीतिको हात चुँडिएको तथा अन्य शरीरका विभिन्न भागमा चोट रहेको छ। भतिज कमलको भने कुममा चोट रहेका कारण अस्पतालले रेफर नगरेपछि जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना भएको पनि प्रहरीले बताएको छ।

आक्रमण कसले र किन गरेको भन्ने बारे केही थाहा हुन सकेको छैन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld