Error
  • Error loading feed data.

विदेशी हस्तक्षेपले प्रधानमन्त्री चयन कठिन : दाहाल

smaller text tool iconmedium text tool iconlarger text tool icon
ललितपुर, कात्तिक १८ - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विदेशी हस्तक्षेपका कारण देशमा प्रधानमन्त्री चयन गर्न चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।  उनले नेपाललाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाएर आफ्नो देशको प्रधानमन्त्री आफैंले छान्ने वातावरण बनाइनुपर्ने धारणा राखे।

दीपावली तथा नेपाल सम्वत् ११३१ को उपलक्षमा एनेकपा (माओवादी) ८ नं. क्षेत्रीय कमिटीले आज च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा जनताको ठूलो बलिदानपछि आएको परिवर्तनलाई संस्थागत हुन नदिन विभिन्न तत्वले षडयन्त्र गरिरहेको टिप्पणी गर्दै त्यसतर्फ आम नेपाली जनता सजग हुनुपर्ने खाँचो औंल्याए।

सो अवसरमा कम्युनिस्ट आन्दोलनमा स्थापनाकालदेखि सक्रिय भइ ८० वर्ष नाघेका विभिन्न व्यक्तित्वलाई अभिनन्दन गरिएको थियो। - रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld