Error
  • Error loading feed data.

प्रधानमन्त्रीको अभिव्यक्ति बारे तीन दलका नेता यसो भन्छन्

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, कात्तिक १९ (नागरिक)- राजनीतिक निकास ननिस्के राष्ट्रपतिलाई अधिकार सुम्पने प्रधानमन्त्री माधवकुमार नेपालको भनाईको आफ्नै दलसहित प्रमुख तीन दलका नेताहरुले विरोध गरेका छन्। कसले के भने ?
  त्यो कुरा माधवजीले कसरी भन्नुभो, त्यो उहाँलाई नै सोध्नुहोला। त्यो कुराको कतै तुक छ भन्ने लाग्दैन। हिजो प्रधानमन्त्री कार्यालयमा जो तीन दलको बैठक भयो, त्यहाँ भएको छलफल अनुसार भोलि र पर्सि हामी ३ दल अहिलेको राजनीतिक गतिरोध अन्त्यको निम्ति छलफल गर्दैछौं। छलफलको ठीक पूर्वसन्ध्यामा प्रधानमन्त्रीले त्यो शब्द भन्नु जरुरी थिएन, त्यसको केही अर्थ पनि छैन। - पुष्पकमल दाहाल


न त राष्ट्रपतिलाई, न सभामुखलाई कसैलाई अधिकार बुझाउने कुरा संविधानसम्मत हुँदैन। त्यसकारण हामी संविधानबमोजिम जानुपर्छ। प्रणालीको रक्षा गर्नुपर्छ। सहमतिबाट समस्याको समाधान निकाल्नुपर्छ।
कांग्रेसलाई धम्की हो कि के हो?
हैन, धम्की क कसलाई भन्ने अर्थ लगाउन चाहन्न। त्यो उहाँले जान्नुहुन्छ। म यत्ति भन्छु, संवैधानिक ढंगले जानुपर्छ। -रामचन्द्र पौडेल

 

मैले प्रधानमन्त्रीले भन्नु भएकै हो भनेर सोधें। उहाँले हो भन्नुभो। त्यो त पाइँदै पाइँदैन।
त्यो भनाइ एकदम गैर संवैधानिक हो। प्रधानमन्त्री माधवकुमार नेपालसँग स्पष्टीकरण लिनुपर्छ।
राष्ट्रपतिलाई बुझाउँछु भन्ने कुरा अप्रजातान्त्रिक हो। यसको म घोर भर्त्सना गर्छु।  -शेरबहादुर देउवा

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld