Error
  • Error loading feed data.

एमआरपी उपकरण एयरपोर्ट भन्सारमै

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १९ (नागरिक)- फ्रान्सको ओबर्थर कम्पनीले पठाएको एमआरपीमा व्यक्तिगत विवरण भर्न प्रयोग हुने केही सामग्री बिहीबार परराष्ट्र मन्त्रालय ल्याइएको छ।

  केही थान कम्प्युटर, सर्भर, सर्भर र्‍याक, अन्य र्‍याकलगायत सामग्री भन्सार छुटाएर बिहीबार मन्त्रालय ल्याइए पनि मुख्य उपकरण एयरपोर्ट भन्सारमै रहेको परराष्ट्रका एक उच्च अधिकारीले जनाए।

'केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर रोकिएका उपकरण भन्सार छुटाएर बिहीबार ल्याइएको हो,' मन्त्रालयका एक उच्च अधिकारीले भने, 'मुख्य उपकरण भने भन्सारमै छ।' उनका अनुसार तिहारलगत्तै उक्त उपकरण भन्सार छुटाएर ल्याइनेछ।

व्यक्तिगत सूचना भर्न बाँकी केही हजार थान एमआरपी बुक मंगलबार काठमाडौं आइसक्ने उनले जानकारी दिए। ओबर्थरले पहिलो लटमा ४ लाख खाली एमआरपी पठाउने तयारी गरे पनि कार्गो विमान नेपाल नआउने भएकाले यात्रुबाहक विमानमार्फत पठाउँदा सबै एमआरपी आइपुग्न तीन/चार दिन लाग्ने उनको भनाइ छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld