Error
  • Error loading feed data.

पूजाका लागि गाई घरदैलो मै

smaller text tool iconmedium text tool iconlarger text tool icon
अर्जुन सुवेदी, काठमाडौं, कात्तिक १९- 'कहाँ पुगेर गाईको पूजा गर्ने होला?' यमपञ्चकअन्तर्गत गाईतिहारको दिन काठमाडौंलगायत सहरी क्षेत्रका हिन्दू धर्मावलम्बीलाई यो समस्याले पिरोल्ने गर्छ। तर यसपालिदेखि तपाईकै टोलमा सिँगारिएर गाई आउनेछिन्।

लक्ष्मीको प्रतीकका रूपमा पुजिने गाईको स्याहार सुसार गर्न र दानापानी जुटाउन समस्या भएपछि सहरमा गाई पाल्नेहरूको संख्या वर्षेनी घट्दो छ। यसैबीच, केहीले भने विशेष पर्वमा गाईलाई घुमाएर दाना र आफ्नो आम्दानीको स्रोत बनाउँदै आएका छन्।

  भारतका विभिन्न सहरमा जस्तै वर्षभरी गाई पाल्ने अनि चाडबाडमा घुमाएर आम्दानीको स्रोत बढाउने चलन केही वर्षदेखि काठमाडौं उपत्यकालगायत केही सहरमा बढदै गएको हो।

'रेशमबहादुर खत्री' बाग्मती किनारको टहरामा बस्ने मजदुर हुन्। गत वर्षसम्म गाई पाल्दै आएपनि चरन क्षेत्र अभावले उनले गाई पाल्न छाडे। तर तिहारको समयमा गाई पूजा गर्नेको भीड हुनेपछि उनले खोजेरै ल्याएर भएपनि टोल-टोलमा गाई घुमाएर पूजा गराउने
सोचमा छन्।

'गत वर्षसम्म त म आफैंले पाल्दै आएको थिएँ तर उसलाई खुवाउन समस्या भएर बेचें, अहिले खल्लो लागिरहेको छ,' खत्रीले नागरिकसँग भने 'अब कतै खोजेर भएपनि यसपालि गाई ल्याउनुपर्ला।' केही साथीहरू मिलेर लक्ष्मी पूजाका दिन गाई ल्याउने र सिँगारेर विभिन्न टोल घुमाउने उनले बताए।

दानापानी जुटाउन समस्या भएर सडकमा छाडिएका गाई पनि धेरैले डोर्‍याएर आ-आफ्नो घर पुर्‍याइसकेका छन्। सडकमा छाडिने चौपाया नियन्त्रण र व्यवस्थापन गर्दै आइरहेको काठमाडौं महानगरपालिकाका अधिकारीहरू दुई सातादेखि नै सडकबाट यस्ता चौपाया हराउन थालेको बताउँछन्।

'जहाँ पुग्यो त्यहीं सडक अवरोध गरेर बसेको अवस्थामा भेटिने गाईहरू तिहार लाग्ने बेलामा खोज्दै हिँडदा पनि भेटन सकिँदैन,' महानगर व्यवस्थापन महाशाखाका प्रहरी निरीक्षक विष्णु जोशी भन्छन्, 'पछिल्लो समय गाईलाई टोल-टोल डुलाउने प्रचलन सुरु भएपछि त गाईगोरु लैजानेको तँछाडमछाड हुन्छ।'


सडकमा छाडिने गाईवस्तु नियन्त्रण गर्ने जिम्मा महानगरपालिकाको भएपनि चाडवाडका बेला गाई लैजान नदिँदा अर्काको भावनामा आघात पर्न सक्ने भएकाले यसरी लैजानेहरूलाई रोक्न नसकिने उनी बताउँछन्। उनका अनुसार राजधानीका सडक र आसपासमा देखिने ५ सयभन्दा बढी गाई देखिन छाडिसकेका छन्।


पूजाआजाकै निम्ति पाल्नेहरूको गाईसमेत सडकमा देखिन्छन्। गाई पालिएको घरमा गाईतिहारका दिन बिहानदेखि बेलुकीसम्मै भीड लाग्ने गर्छ। पूजाआजाकै निम्ति वर्षौंदेखि गाईपाल्दै आएका संस्कृतवीद् गोविन्द टण्डन आफ्नो घरमा पूजाआजाको दिन विहानै देखि गाइपुज्न आउनेहरुको भीड हुने सुनाउँछन्।


'वर्षभर गाई पाल्न ज्यादै कठिन हुन्छ,' संस्कृतविद् टण्डनले भने, 'पूजा गर्नेको भीडले गाईलाई रंग्याउँदा दुःख भुलिँदोरैछ।' गाई सिँगारेर बजार घुमाउन आग्रह गरिने भएपनि घरमै हुने भीडको कारण बाहिर निकाल्न नसकिनेसमेत उनले बताए।

मलमूत्र र धार्मिक उपयोगिताका हिसाबले गाई पाल्न उचित भएपनि दानापानी समस्याले छाडा छाडनेहरूको संख्या बढेको उनको भनाइ छ। टन्डनले भने 'सहरमा गाई घुमाएर पुजा गराउने भारतको चलन भित्रिन थालेपछि सजिलो हुने भएको छ।'

गाई पाल्नेको घरमा मात्र होइन, वर्षौंदेखि दुई सयभन्दा बढी गाई पालिँदै आइएको पशुपति गौशालामा पनि गाईतिहारमा पूजा गर्नेहरूको भिड उत्तिकै हुन्छ। गौशालाका इन्चार्ज जयन्त सुब्बा गौशालामा बिहानदेखि बेलुकीसम्म पूजा गर्नेको भिड हुने बताउँछन्।
'सयौं गाई हुँदा समेत पूजा गर्नेको भिड बेलुकीसम्मै हुन्छ,' सुब्बाले नागरिकसँग भने 'धेरैले गाईलाई सहर घुमाउने आग्रह गरिएपनि हामीले त्यो व्यवस्था गरेका छैनौं।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld