Error
  • Error loading feed data.

महिलालाई भरिया बनाउँदै चरेस व्यापार

smaller text tool iconmedium text tool iconlarger text tool icon
गजेन्द्र बोहरा, दाङ, कात्तिक १९- यात्रुबसमा रहेका महिलालाई थाहा थिएन, के बोकेका छौं भन्ने। पक्राउ परेपछि मात्र शरीरमा लुकाएर ल्याएको चीज बोक्न नपाइने रहेछ भन्ने उनीहरूले थाहा पाए। पछि प्रहरीले त्यो चीज 'चरेस' भएको जानकारी दियो।


कात्तिक १० गते रोल्पाबाट दाङ आउँदै गरेको बसमा प्रहरीले चेकजाँच गर्दा शरीरमा लुकाइरहेको अवस्थामा चरेस फेला परेको हो। चार महिलाबाट प्रहरीले १६ किलो १ सय ग्राम चरेश बरामद गरेको छ। घोराही नगरपालिका-७ की टीका विक, घोराही रजेनाकी पवित्रा विक, पम्फी विक र सैघा घर भई घोराहीमै डेरा बस्दै आएकी धनमाया विक छन्।

घोराही-होलेरी सडकखण्डको दुईखोलीको प्रहरी चौकीले चेकजाँचका क्रममा चरेससहित ती महिला पक्राउ परेका हुन्। 'त्यो नियमित चेकजाँच थियो, सबै यात्रुलाई चेक गरियो,' जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले भने, 'ती महिलाले असहज महसुस गरेपछि जाँच गर्दा लुकाइराखेको अवस्थामा चरेस फेला पर्‍यो।' प्रहरीका अनुसार ती महिलाले पटुकामा चरेस बेरर कमरमा बाँधेका थिए।

भरियाका रूपमा प्रयोग गरिएका महिलालाई हिरासतमा राखी प्रहरीले चरेस ओसारपसारमा संलग्न व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीलाई छल्न सजिलो हुने भएकाले तस्करले अशिक्षत तथा विपन्न महिलालाई तस्करका रूपमा प्रयोग गर्दै आएका छन्। गत वर्ष पनि लुकाएर चरेस बोकेको अवस्थामा प्रहरीले ६ महिलालाई पक्राउ गरेको थियो।

'महिलालाई चेकजाँचका क्रममा प्रहरीले पनि त्यति कडाइ गर्दैन,' प्रहरी प्रमुख ज्ञवालीले भने, 'तस्करले त्यसैको फाइदा उठाएका छन्।' उनकाअनुसार चरेर बोकेबापत ती महिलाले १ हजारदेखि २ हजार रुपैंयाँसम्म पाउने गरेका छन्। 'एकैजना महिलाले १० किलोसम्म चरेस बोक्न सक्छन्, त्यसबापत १० हजारभन्दा बढी पाउने भएकाले उनीहरू लोभिन्छन्,' ज्ञवालीले भने।

धेरै रकम पाउने आसले भरिया बनेर 'चरेस' बोकेको पक्राउ परेका महिलाले बताएका छन्। 'एउटा लोग्नेमानिस आएर हामीलाई यो दाङसम्म लगिदेऊ पैसा दिन्छौं भन्यो, त्यसपछि बोकेर ल्यायौं,' प्रहरी हिरासतमा रहेकी पवित्रा विकले भनिन्, 'हामीलाई त्यो चीज के भन्ने थाहा थिएन।'
रोल्पाबाट दाङ हुँदै चरेस बाहिर लैजाने क्रममा प्रहरीले पटक-पटक महिलालाई पक्राउ गरेको थियो। अहिलेसम्म प्रहरीले चरेस ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। दाङसँग सिमाना जोडिएका नाकाबाट चरेस भारतमा निर्यात गरिँदै आएको छ। 'नाकामै लगिसकेको अवस्थामा पनि हामीले थुपै्रपटक चरेस बरामद गरिसकेका छौं,' प्रहरी प्रमुख ज्ञवालीले भने 'चरेस तस्करीमा संलग्न व्यक्तिको विदेशमा पनि नेटवर्क हुने भएकाले पक्राउ गर्न गाह्रो भएको छ।'

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld