Error
  • Error loading feed data.

रक्त संकलन केन्द्र संचालनका लागि देउसीभैलो

smaller text tool iconmedium text tool iconlarger text tool icon
बरुण पनेरु, डडेल्धुरा, कात्तिक १९- रक्त संकलन निर्माणका लागि यहाँको एक एफएमले बृहत देउसीभैलोको खेलाएको छ। आर्थिक अभावले लामो समयमा देखि निर्माण हुन नसकेको रक्त संकलन केन्द्र निर्माणका लागि डडेल्धुराको रेडियो सुदूरआवाजले डडेल्धुरामा सदरमुकाममा बिहीबार देउसीभैलो खेलेको छ।

  नेपाल रेडक्रस सोसाईटीको समन्वयमा र रेडियो सुदूरआवाजको सहकार्यमा बिहीबार डडेल्धुरा सदरमुकामको कार्तिपुर, बागबजार, बागथाला, बिद्यूतरोडमा स्थानीय संचारकर्मी, स्थानीयबासिन्दाहरु र राजनैतिक दलका कार्याकर्ताको सहभागितामा दिनभर देउसी भैलो खेलिएको थियो।

'पहाडी जिल्लामा रक्त संकलन केन्द्र नभएका कारण हामीले स्थापनाका लागि सहयोग गर्न देउसीभैलोको अभियान थालनी गरेका हौं।' रेडियो सुदूर आवाजका अध्यक्ष सुरेश जोशीले भने, ' रक्त संकलन केन्द्र स्थापनामा हाम्रो सहयोग मात्रै हो।' देउसी भैलोबाट उठेको रकमले स्थापनाका लागि सहयोग हुन्छ।

सुदूरपपश्चिमका पहाडी जिल्लामा रक्त संकलन केन्द्र नभएका बेला नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रेडियोले अभियान थलनी गरेको अध्यक्ष जोशीले बताए।
देउसी भैलोबाट उठेको रकम तत्काल रेडक्रसलाई हस्तान्तरण गरिने उनले बताए।

डडेल्धुरामा दैनिक ८/१० जनालाई रगतको आवश्यकता पर्ने गर्दछ। सुदूरपश्चिमका सात पहाडी जिल्ला डोटी, बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा र दार्चलामा सबैभन्दा ठुलो टिम अस्पताल भएले यहाँ रगत नहुदाँ धेरै महिलाहरुले ज्यान गुमाउनु परिरहेको छ।

 

दैनिक सयौंको संख्यामा बिरामी आउने टिम अस्पतालमा समेत रक्त संकलन केन्द्र छैन। रगत अभाव भएका बेला सेना र प्रहरीको सहयोगबाट रगत दिने गरिन्छ। धेरै बिरामीहरु रगत अभावमा बाहिरी जिल्ला उपचारका लागि जाने गर्दछन्। यहाँ बिरामीहरु रगत अभावमा छिमेकी देश भारतको विभिन्न सहर, कैलाली र नेपालगञ्ज जान बाध्य हुन्छन्।

दुई वर्षदेखि डडेल्धुरा रेडक्रसले पहल गरिरहेको भएपनि आर्थिक अभाव संचालन हुन सकेको थिएन। 'रगत अभावमा ज्यान समेत गुमाउने जस्ता समस्या रहेका छन्।' नेपाल रेडक्रस सोसाईटीका सभापति सुरेन्द्र ऐरले भने, 'संचालनका लागि ठुलो समस्या आर्थिक भएको छ।' देउसी भैलोमा करिब एक जनाको सहभागि रहेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld