Error
  • Error loading feed data.

प्रधानमन्त्रीद्वारा सहमति र एकतामा जोड

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १९ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले सहमति, सहकार्य र एकतामा जोड दिएका छन्। हिन्दूहरुको महान् चाड दीपावलीको अवसरमा शुभकामना दिँदै शुक्रबार प्रधानमन्त्री नेपालले दीपावलीले सहमति, सहकार्य र एकताका साथ संविधान निर्माणमा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनेका छन्।

सदियौँदेखि हर्ष र उल्लासका साथ मनाउने गरिएका तिहार जस्ता चाडपर्वहरुले पारिवारिक मिलन र सामाजिक हार्दिकता अभिवृद्धि गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस्तै विविध कडीहरुले यहाँको सामाजिक सद्भाव र साम्प्रदायिक एकतालाई अक्षुण्ण राखेको उल्लेख गरेका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld