Error
  • Error loading feed data.

सर्वोच्चका न्यायाधीशले गैँडा तस्करलाई उन्मुक्ति दिएको संसदीय समितिको ठहर

smaller text tool iconmedium text tool iconlarger text tool icon
कृष्ण ढुंगाना, काठमाडौं, कात्तिक १९- सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले पुनरावेदन अदालत हेटौंडामा रहँदा स्वविवेकीय अधिकार दुरुपयोग गरी गैँडा तस्करलाई उन्मुक्ति दिएको ठहर गर्दै संसदको प्राकृतिक स्रोत र साधन समितिले उनलाई सर्वोच्चको स्थायी न्यायाधीश नियुक्त नगर्न संसदीय सुनुवाइ समितिमा उजुरी पठाउने भएको छ।

समितिद्वारा गठित गैंडा संरक्षण समस्या अध्ययन टोलीकी संयोजक शान्ता चौधरीको सभापतित्वमा  शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। गैँडा चोरी, शिकारी र खागको गैरकानुनी व्यापारसँग सम्बन्धित ४२ मुद्दामा हाल सर्वोच्चमा अस्थायी न्यायाधीश रहेका लालले स्वविवेकी अधिकारको दुरुपयोग गरी चोरी शिकारी र गैँडा तस्करलाई सजायबाट उन्मुक्ति दिने फैसला गरेकाले उनलाई कारवाही दायरामा ल्याउनु पर्ने देखिएको समितिले उल्लेख गरेको छ।


हाल सर्वोच्च अदालतका अस्थायी न्यायाधीश रहेका लालले प्राकृतिक स्रोत साधन समितिको कार्यलाई आफूविरुद्धको षड्यन्त्रपूर्ण प्रचारबाजी भएको प्रतिक्रिया दिए। 'मैले कुनै मुद्दामा पनि कानुनको बर्खिलाप काम गरेको छैन', नागरिकन्युजसँग लालले भने- 'गैँडा तस्करीको मुद्दाका आरोपीलाई १० र पाँच वर्षको कैद फैसला सुनाएको छु।'

 

१६ कात्तिकमा न्याय परिषदद्वारा सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिश लालले गैँडा तस्करलाई छाडेको बारे अब संसदीय सुनुवाइमा जवाफ दिनु पर्ने भएको छ। सुनुवाइमा सामेल सर्वसम्मत सांसद उनको विपक्षमा उभिए उनी सर्वोच्चको स्थायी न्यायाधीश बन्न सक्ने छैनन्। सनुवाइ समितिका एक जनाले मात्र समर्थन गरे पनि सर्वोच्चको स्थायी न्यायाधीश बन्ने उनको  बाटो छेकिने छैन।

पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश हुँदा लाल र उद्धवप्रसाद बाँस्कोटाको संयुक्त इजलासले २०६६ मंसिर २ गते गादर बुर्जा मगर, कर्मा गुरुङ (राजेश घले), गोकुल पन्त, शेरबहादुर घलान, याक्चे लामा लगायत सयजना गैंडा सिकारीको सजाय घटाउने फैसला सुनाएको थियो। चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष कैद सजाय तोकेकोमा उनीहरुलाई पुनरावेदनले ५ वर्ष साजय सुनाएको थियो। यसअघि निकुञ्जले तोकेको एक लाख जरिवाना तिराउने निर्णयसमेत मिनाहा गर्ने लालको फैसलापछि सबै गैँडा तस्कर २०६७ असारमा छुटिसकेका छन्।

बाँस्कोटा र लालको बेञ्चबाट भएको सो विवादस्पद फैसलाले सर्वोच्च अदालतबाट प्रतिपादित नजिर उल्लंघन गरेको कानुनविद्हरुले उल्लेख गरेका थिए। 'विभिन्न मुद्दामा आत्मनिष्ठ ढंगले तजबिजी अधिकार प्रयोग गर्न नपाइने र त्यसको आधार र कारण नखुलाए कानुनी मान्यता नपाउने' सर्वोच्चको नजिर छ। सर्वोच्चका न्यायाधीश लालले कार्यसम्पादनको सिलसिलामा अधिकारको दुरुपयोग हुने गरी कुनै काम नगरेको जिकिर गरे।

 

लाल सर्वोच्चको स्थायी न्यायाधीश बन्ने तयारीमा रहे पनि विवादस्पद फैसला गर्ने अर्का न्यायाधीश बाँस्कोटाले अवकास पाइसकेका छन्।

 

 
गैँडा चोरी, शिकारी र खागको गैरकानुनी व्यापारसँग सम्बन्धित ४२ मुद्दा फैसला दिँदै २ मंसिर २०६६ मा लाल-बाँस्कोटा इजालसको निर्णय दिँदा छुटेका गैँडा तस्करहरु।

याक्चे लामा
कर्मा गुरुङ राजेश घले
सुमन गुरुङ सोनाम हप्के गुरुङ
गोकुल पन्त
शेरबहादुर घलान
ईन्द्र बहादुर घलान
वीरबहादुर प्रजा
विजय लामा
डम्वरबहादुर प्रजा
गादर बुर्जा मगर
हस्त बहादुर तामाङजुम्ले कान्छा
रण बहादुर कुमाल
सिखाराम चौधरी
टिकाबहादुर भुजेल
ईन्द्रबहादुर गुरुङ
भीमबहादुर भुजेल
पुष्पलाल भण्डारी
कान्छालाल वाइवा
निमा वाइवा
पूर्णबहादुर पाखि्रन
हस्त बहादुर तामाङ
तामलिङ भोटे
निमा तामाङ
लोप्चन कान्छा
चन्द्रबहादुर पौडेल

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld