Error
  • Error loading feed data.

शीर्ष नेताको गोप्य बैठक जारी

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, कात्तिक १९ (नागरिक)- राजनीतिक निकासको खोजी गर्न दक्षिणकालीको हात्तीवन रिसोर्टमा बिहानदेखि बसिरहेको तीन ठूला दलका शीर्ष नेताको गोप्य बैठकबारे शुक्रबार रातिसम्म केही जानकारी दिइएको छैन। बैठक भोलि पनि बस्दैछ।

माओवादी सेनाका लडाकूको समायोजन र व्यवस्थापन, नयाँ संविधान लेखन, बजेट र सत्ता साझेदारीलगायतका विषयमा छलफल गर्न यस्तो बैठक आयोजना गर्न लागेको यसअघि नै बताएका थिए।

सोलुखुम्बुको लुक्लामा बैठक गर्ने तयारीका साथ हेलिकप्टरलाई स्टायन्ड बाइ राखिएको भए पनि मौसम खराब भएपछि नेताहरूको बैठक हात्तीवन रिसोर्टमा भएको हो। नेताहरू आफ्ना गाडीलाई सिंहदरबारमा राखी पर्यटक बस चढेर रिसोर्टतर्फ गएका थिए।

बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल सहभागी छन्। 

बैठकमा माओवादीबाट बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा र कृष्णबहादुर महरा, नेपाली काँग्रेसबाट शेरवहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र रामशरण महत तथा एमालेबाट महासचिव ईश्वर पोखरेल, केपी ओली र भरतमोहन अधिकारी सामेल छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld