Error
  • Error loading feed data.

राजनीतिक ब्यानर प्रचारप्रसारमा नल्याउन आग्रह

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, कात्तिक २० (नागरिक)- नेपाल संवत् ११३१ नव वर्षको अवसरमा भोलि बिहान हुने शुभकामना (भिंतुना) जुलुसमा कुनै प्रकारको चुनाव चिह्न, पार्टी चिह्न र पार्टी ब्यानरहरु प्रचारप्रसारमा नल्याउन आयोजकले अनुरोध गरेको छ। नववर्षको उपलक्ष्यमा बसन्तपुरमा हुने समारोहमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्दैछन्। प्रधानमन्त्री लगायत तीन दलका शीर्ष नेताहरु यतिखेर हात्तिवनमा गोप्य वार्तामा व्यस्त छन्। उनीहरु आज साँझ वा भोलि बिहानसम्ममा त्यहाँबाट निस्कने अनुमान गरिएको छ।  

आयोजक नेपालभाषा मंका खलःका सचिव नरेशवीर शाक्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांस्कृतिक कार्यक्रममा राजनीतिक प्रचार नगर्न आग्रह गरेका हुन्।

पञ्चायत कालमा यस्तो भिंतुना जुलुसका सहभागीहरुमाथि धरपकड हुने गरे पनि २०४६ सालको आन्दोलनपछि खुला रुपमा जुलुस हुने गरेको छ। त्यतिबेलादेखि नयाँ नेपाल संवतको सुरुको दिन शुभकामना जुलुसपछि आयोजना हुने विशेष समारोहको प्रमुख आतिथ्य प्रधानमन्त्रीले गर्दै आएका हुन्।

विगत केही वर्षदेखि जुलुसमा राजनीतिक दलको झण्डा र ब्यानरसहित सहभागी हुने क्रम बढेको बेला आयोजकले यस्तो आग्रह गरेका हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld