Error
  • Error loading feed data.

राष्ट्रपतिलाई सरकार सुम्पिने धम्की असंवैधानिक : श्रेष्ठ

smaller text tool iconmedium text tool iconlarger text tool icon
रोशन सिल्पकार , भक्तपुर, कात्तिक २० - कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्रीले अहिलेको अवस्थामा राष्ट्रपतिलाइ सरकार सुम्पिने धम्की दिनु असंवैधानिक भएको बताएका छन्। 'काम चलाउ सरकारले बजेट ल्याउनुहुन्छ, बजेट ल्याउने क्रममा प्रधान मन्त्रीले देशवासीलाई आघात पुग्ने गरी धम्काउनु असंवैधानिक भएको उनले आरोप लगाए।

काग्रेसद्वारा नेपाल संवत् ११३१ को अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै श्रेष्ठले कांग्रेस प्रधामन्त्रीको चुनावमा फसिरहको भन्दै 'नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छ बाउको अनुहार' को हालता रहेको बताए। जस्तै काग्रेशको हालत भएको छ।

केही काग्रेसका नेताहरु हतासमा आएर संस्थागत निर्यण बिना नै माओवादीको नेतृत्व स्विकार छ भन्ने अभिव्यक्ति व्यक्तिगत मात्र भएको बताए।

अर्का नेता अर्जुननरसिंह केसीले कुनै पनि हालतमा माओवादीको सरकार गठनमा कांग्रेश सहमत नहुने संस्थागत निणर्य यथावत रहेको भन्दै विष्यगत रुपमा र अहिले उठेका मुख्य मुद्दामा सहमति भए मात्र सहमतिको सरकार बन्ने बताए।

माओवादी तर्फ लक्षित गर्दै उनले संविधान निर्माणको नाममा गणतन्त्र र जनतन्त्रको कवजमा लोकतन्त्र समाप्त पार्न खोजरहेको आरोप लगाए।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld