Error
  • Error loading feed data.

भाइटीका लगाउन वार्ता स्थगित

smaller text tool iconmedium text tool iconlarger text tool icon
कृष्ण ढुंगाना, काठमाडौं, कात्तिक २०- संविधान लेखन र सरकार निर्माणसम्मका विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताबीचको वार्ता भाइटीकाका कारण स्थगित भएको छ। मिडियाकर्मीलाई पहुँच नदिइ हात्तीवन रिसोर्टमा भएको वार्ता निर्णायक बन्न नसके पनि बुँदागत कार्यसूचि बनाउन सफल भएको कांग्रेस नेता कृष्ण सिटौलाले बताए।

गोप्य वार्ताले विगतका सहमति कार्यान्वयन, शान्ति प्रक्रिया,संविधान निर्माण,बजेटको समाधान लगायतका ६ बुँदे कार्यसूची तोकेको छ। 'शान्ति र संविधानका लागि अघि बढ्ने आधार खोज्ने प्रयास भएको छ', बैठकबाट बाहिरिएपछि सिटौलाले नागरिकन्युजसँग भने- 'हामीले आफ्नो कुरा राख्यौं, एमाले र माओवादीका तर्फबाट पनि कुराहरु आएका छन्।'

विवादित राजनीतिक विषयका 'टु द पोइन्ट एजेन्डा'मा मुख्य दलहरु माओवादी, कांग्रेस र एमालेबीच वार्ता भएको हो। आइतबारको  भाइटीकालाई ध्यानमा राख्दै  २४ कात्तिकमा अर्को वार्ता गर्ने सहमति पछि शनिबार वार्ता स्थगित भएको हो। 'सबै जनाले टीका लगाउने कुरा आयो', देशबासीले तिहार मनाइरहँदा तीन दिन देखि हात्तीवन रिसोर्टमा रहेका उनले भने- 'त्यस कारण पनि वार्ता स्थगित गरिएको हो।'

वार्ता व्यवस्थापनको जिम्मेवारी लिएका गृहमन्त्री भीम रावलले २ दिने हात्तीवन वार्ता सकारात्मक भएको टिप्पणी गरे। 'बैठकमा सकारात्मक छलफल भएका छन्', मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदैँ उनले भने।

राजनीतिक सहमति खोजी गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल सहितका नेताहरु गोप्य वार्तामा थिए।

असार १६ गते प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि १५ औं पटकसम्मको चुनावले प्रधानमन्त्री छनौट गर्न नसकेको अवस्थामा मुख्य दलका शीर्ष नेताहरु वार्तामा जुटेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld