Error
  • Error loading feed data.

मेलमिलाप केन्द्र प्रभावहीन

smaller text tool iconmedium text tool iconlarger text tool icon
कञ्चनपुर, कात्तिक २२- कञ्चनपुरस्थित जिल्ला अदालत र पुनरावेदन अदालतमा स्थापना गरिएको मेलमिलाप केन्द्रले जनचेतना, प्रचारप्रसार र सक्षम सहजकर्ताको अभावमा मेलमिलाप गराउन सकेको छैन। जिल्ला अदालत कञ्चनपुरमा कुनै पनि मुद्दा बेन्चबाट मेलमिलापका लागि केन्द्रमा पठाएको छैन। पुनरावेदन अदालतले मेलमिलाप केन्द्रमा पठाएका दुई मुद्दामा पनि मेलमिलाप हुन सकेको छैन।

सेवाग्राहीलाई छिटोछरितो न्याय सम्पादन गर्न र हारजित बिना नै मेलमिलाप गराउने उद्देश्यले वैशाखमा ती दुवै अदालतमा मेलमिलाप केन्द्र स्थापना गरिएको हो।

मेलामिलाप केन्द्रबारे सेवाग्राहीलाई जानकारी दिन नसक्दा मेलमिलाप केन्द्र प्रभावकारी हुन नसकेको पुनरावेदन अदालत महेन्द्रनगरका उपरजिष्टार कृष्ण पौडेलले बताए।

जनचेतना अभावमा मुद्दा लड्नु भन्ने मानसिकताका आधारमा मेलामिलापका लागि केन्द्रमा मुद्दा नपर्ने र मेलमिलाप हुन नसकेको उनले बताए।

मेलमिलाप केन्द्रमा सूचीकृत भएका सहजकर्ता सक्षम नहुनुका साथै मेलमिलाप केन्द्रप्रति चासो नराख्दा केन्द्र प्रभावकारी हुन नसकेको जिल्ला अदालत कञ्चनपुरका शाखा अधिकृत दिलीपराज पन्तले बताए।

सरकारीबाहेकका सरल प्रवृत्तिका मुद्दाहरु मेलमिलापको नीतिबाट सुल्झाउने सर्वोच्च अदालतको निर्णयअनुसार गत वैशाखमा पहिलो चरणमा जिल्ला र पुनरावेदन अदालतमा मेलमिलाप केन्द्र स्थापना गरिएका हुन्।

दुवै पक्षले चाहे वा बेन्चलाई मेलमिलाप गर्न उपयुक्त छ भन्ने लागेमा मुद्दा मेलमिलाप केन्द्रमा पठाउन सकिने व्यवस्था छ।

मेलमिलाप केन्द्रमा दुवै पक्षको सहमतिमा छानेको सहजकर्ताले बढीमा दुई महिनाभित्र मेलमिलाप गराइसक्नु पर्ने व्यवस्था रहेको छ।

मेलमिलाप केन्द्रका लागि अदालतबाट सूचीकृत गरिएकालाई ४० घन्टे मेलमिलापसम्बन्धी तालिम प्रदान गरिएको अदालतले जनाएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld