Error
  • Error loading feed data.

आफ्नो पक्षमा बहुमत पुर्‍याउन दाहाल, भट्टराई र वैद्यको दौडाहा

smaller text tool iconmedium text tool iconlarger text tool icon
उजिर मगर, काठमाडौं, कात्तिक २४ - एकीकृत माओवादीको आसन्न विस्तारित बैठकमा प्रस्तावित तीन राजनीतिक कार्यदिशामा आ-आफ्नो पक्षमा बहुमत जुटाउन नेताहरु गोप्य ढंगले देश दौडाहमा लागेका छन्। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईद्वारा प्रस्तावित छुट्टा-छुट्ट्रै प्रस्तावमा बहुमत जुटाउन उनीहरु जुटेका हुन्।

आगामी मंसिर ५ गतेदेखि गोरखामा शुरु हुने विस्ताविरत बैठकले तीन नेताको विचारलाई छिनोफानो गर्ने छ। बहसका लागि अघिल्लो केन्द्रीय समिति बैठकमा प्रस्तावित तीन नेताको प्रस्ताव राज्य समितिमा छलफल गर्न लगिएको छ। राज्य समितिका करिव ६ हजार प्रतिनिधिले बैठकमा भाग लिएर तीन प्रतिवेदनमा बहस गरी पार्टीको भावी कार्यदिशा टुंगो लगाइने छ।

पार्टीका फरक तीन राजनीतिक प्रतिवेदन नेतृत्वमा मात्रै छलफल भएर नहुने भएकाले तल्लो पंक्तिसम्म लैजाँदा व्यवस्थित गर्न नसकिएको नेताहरुले बताएका छन्। अस्वस्थ ढंगले बहस अघि नबढोस् भन्नका लागि महासचिव रामबहादुर थापाको स्वीकृत अथवा सम्बन्धित क्षेत्रको इन्चार्जसँग अनुमति लिएर मात्रै जान सकिन भनि पार्टीले व्यवस्था गरेको छ।

अहिले जनवाद प्रधान भएकाले बहस/छलफलमा जान कसैले रोक लगाउन नसक्ने पोलिटव्युरो सदस्य राम कार्कीले बताए। 'अहिले जनवाद प्रधान भएको बेला बहस/छलफलमा सहभागी नहुने भन्ने हुँदैन। बहसदेखि डराउने भए विचार नलिए भयो। बहसलाई व्यवस्थित कसरी गर्ने भन्ने मात्रै हो', उनले भने।

बैद्य र भट्टराई पक्षधरले दाहालको प्रस्ताव लाइनबिनाको भनी प्रचार गरेका छन्। पार्टीमा बैद्य र भट्टराईको दुई मात्रै लाइन भएको जिकिर गरेका छन्। तर, दाहाल पक्षधरले त्यसको खण्डन गरेको छ।

'केही अस्वस्थ्य ढंगले बहस अघि बढ्यो। त्यही भएर स्थायी समितिले त्यसलाई रोक्ने निर्णय गरेको छ। तर, भित्र रुपमा आ-आफ्नो पक्षमा लबिङ्ग गर्ने काम भइरहेको छ', अर्का पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले नागरिकसँग भने।

स्पष्ट धार बैद्य र भट्टराईको भएकाले त्यसमै बढि बहस जारी रहेको पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले दाबी गरे। 'पार्टीमा अहिले स्पष्ट दुई धार छ। अलिको बहस भनेको बैद्य-भट्टराईबीचको धारमै हो। कतिपयले बैद्यको धारलाई जड्सूत्र भने पनि अन्ततः विचारधारात्मक, सांगठनिक र अनुवभले उहाँकै लाइनमाथि पकड छ', कँडेलले भने।

अध्यक्ष दाहालले अहिले बैठकमा लाने प्रतिवेदन तयार गर्दै गरेको जानकारी दिंदै गजुरेलले भने- 'अध्यक्षको लाइन स्पष्ट छैन भन्ने हाँस्यास्पद मात्रै हो। दश वर्षसम्म जनयुद्धको नेतृत्व गरेको व्यक्तिको विचार छैन भन्नु अध्यक्षको प्रतिवेदन अरुले अध्ययन नगरुन भन्नेहरुको धारणा हो।'

विचारको संश्लेषण गरेरै 'प्रचण्डपथ' सबैले स्वीकारेको गजुरेलले जिकिर गरे। 'विचारलाई संश्लेषण गरेरै प्रचण्डपथलाई सबैले स्वीकार गरिएको हो। अहिले उहाँको विचारै थिएन कसरी भन्ने? फेरी अहिले पनि प्रचण्डपथ एकताकेन्द्रसँग एकता हुँदा बहसमा मात्रै राखिएको हो', उनले भने।

भट्टराई पक्षधरले अहिले अनपेक्षित रुपमा आफूहरुको पक्षमा माहोल सृजना भएको दाबी गरेको छ। 'देशभरको माहोल र रिर्पोटिङ्ग बुझ्दा भट्टराईको पक्षमा अनपेक्षित सफलता मिलेको छ', केन्द्रीय सदस्य गंगा श्रेष्ठले भने- 'अध्यक्षले २०/२२ वर्षदेखि नेतृत्व गरिरहनुभएको छ, त्यो सत्ता हो। वैद्यले खरिपाटीबाट आफ्नो लाइन स्पष्ट पार्नुभएको हो। तर, भट्टराईले भर्खर मात्रै आफ्नो प्रस्ताव पार्टीमा राख्नु भएको हो। यसले देशभर तरंग लिएको छ।'

तीनै पक्षधर अहिले आ-आफ्नो पक्षमा खुले पनि केही मौण रहेकाले ती कार्यकर्तालाई आफ्नो पक्षधरतामा लिनका लागि कोठे भेटघाटमा बढि लागेको नेताहरुले बताए।
पार्टीमा अध्यक्ष दाहालले सकेकसम्म संविधान बनाउने र नभए जनविद्रोहमा जाने, बैद्यले जनविद्रोहको तयारी गर्नुपर्ने प्रस्ताव गरेका छन्। भट्टराईले अहिलेसम्मको उपलब्धिलाई रक्षा गरेर यही प्रक्रियाबाट नयाँ संविधान निर्माण, शान्ति प्रक्रिया टुंगो लगाउनुपर्ने विचार अघि सारेका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld