Nepal Republic Media Pvt. Ltd.

Thursday
Dec 05th
Error
  • Error loading feed data.

समान धारणा बनाउने कांग्रेस-एमाले प्रयास विफल

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक २४ (नागरिक)- बैठकअघि समान धारणा बनाउने काँग्रेस र एमालेको प्रयास विफल भएको अवस्थामा आज तीन दलका शीर्ष नेताको बैठक गोकर्णमा बस्दैछ।

  शान्तिप्रक्रिया, संविधान लेखन र सरकार गठनका एजेन्डामा समान धारणा बनाउन कांग्रेस-एमालेको हिजोको शीर्षबैठक विफल भएको थियो।

'शान्तिप्रक्रिया पूरा नभई माओवादी नेतृत्वमा सरकार गठन हुन नसक्नेबारे हामी दुई दलबीच सहमति भएको छ, तर अन्य विषयमा ठोस सहमति हुन सकेन,' कांग्रेस नेता कृष्ण सिटौलाले भने, 'कांग्रेस माओवादी नागरिक पार्टीमा रूपान्तरण नभएसम्म उसको नेतृत्वमा सरकार गठन हुन नसक्ने अडानमा दृढ छ।'

सरकार गठन प्रक्रियामै एमाले र कांग्रेसबीच मतभेद देखिएपछि दुई दल सहमतिमा पुग्न सकेनन्।

चार दिनअघि प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले नेताको हात्तीवन रिसोर्टमा भएको वार्तामा सरकार निर्माणलगायत कतिपय मुद्दामा कांग्रेस र एमालेबीच नै मतभेद देखिएपछि दुई दलबीच छलफल गर्ने सहमति भएको थियो। उक्त बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार निर्माणका चार विकल्प पेस गरेपछि कांग्रेस-एमालेबीच ती विकल्पबारे पनि छलफल भएको छ।

कांग्रेस र एमाले माओवादी लडाकु समायोजन र पुनर्स्थापना नगरी उसको नेतृत्वमा सरकार गठन हुन नसक्ने अडानमा छन्। माओवादीले भने सरकार गठनपछिमात्रै शान्तिप्रक्रिया र नयाँ संविधानबारे सहमति हुने अडान राख्दै आएको छ। तिहारअघि हात्तीवन रिसोर्टमा बसेको तीन दलको बैठकमा पनि सरकार गठनको प्रक्रिया र नेतृत्वबारे तीन दलबीच विवाद देखिएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld