Error
  • Error loading feed data.

परराष्ट्रमा सहसचिवभन्दा तलकालाई खुला कार्यकक्ष

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक २४ (नागरिक)- परराष्ट्र मन्त्रालयले आफ्ना सहसचिवभन्दा तल्लो तहका कर्मचारीलाई बन्द कार्यकक्ष उपलब्ध नगराउने भएको छ।

  एक साताअघि नारायणहिटी संग्रहालय परिसरबाट आफ्ना केही महाशाखा सिंहदरबारस्थित नयाँ भवनमा सार्दै गरेको मन्त्रालयले सहसचिव र सचिवलाई मात्र बन्द कार्यकक्ष उपलब्ध गराउने निर्णय लिएको हो।

'परराष्ट्रको सिंहदरबारस्थित नयाँ भवनमा सहसचिव र सचिवले मात्र बन्द कार्यकक्ष पाउनेछन्,' परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले नागरिकसँग भने, 'मन्त्रालयको कार्य पारदर्शी बनाउन र अनावश्यक खर्च कम गर्न यस्तो निर्णय गरिएको हो।'

'सिंहदरबारको नयाँ भवनमा बहुराष्ट्रिय कम्पनीको कार्यकक्षझैँ भवनको केही भाग पार्टेसन गरिएको रहेछ,' सहायक प्रवक्ता घिमिरेले भने, 'यो हामीलाई पनि राम्रो लाग्यो, अब परराष्ट्रले यसैलाई निरन्तरता दिनेछ।'

नयाँ भवनका कोठा पनि त्यहीअनुरूप बारिएको छ। सहसचिवभन्दा तलका कर्मचारीका लागि 'हाफ पार्टेसन' (आधामात्र बारिएको) शैलीमा कार्यकक्ष निर्माण गरिएको छ।

मन्त्रालयका प्रत्येक महाशाखा तथा शाखाहरूको निर्माण 'हाफ पार्टेसन' शैलीमा गरिएको छ। नयाँ कार्यकक्षमा सहसचिव तलका कर्मचारीलाई एकसाथ देख्न सकिनेछ।

'सरकारी काम केही गोप्य हुन्छन्, तर यो सहसचिव र सचिव तहमै सीमित हुन्छ। यसैले अनावश्यक खर्च गरेर प्रत्येक कर्मचारीलाई अलग-अलग कार्यकक्ष तयार पार्नु व्यावहारिक हुँदैन,' परराष्ट्रका एक उच्च अधिकारीले भने।

नयाँ भवनमा यस्तो शैलीका कार्यकक्ष निर्माण गर्ने सोच परराष्ट्रसँग पहिले थिएन। अर्थ मन्त्रालयको उक्त भवनको केही भाग अर्थको आवश्यकताअनुसार सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले पार्टेसन गरेको थियो।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा व्यक्तिगत सूचना राख्नेदेखि वितरण गर्न हाल नारायणहिटीभित्र रहेको परराष्ट्रको भवन केन्द्रीय राहदानी कार्यालयलाई छाड्नुपरेकाले सिंहदरबारभित्र अर्थको उक्त भवनमा परराष्ट्रलाई सार्ने काम तिहारअघिबाट सुरु भएको हो।

यस्तो शैलीको कार्यकक्षमा काम छरितो हुने घिमिरेको विश्वास छ। छुट्टाछुट्टै कार्यकक्ष हुँदा कोठाभित्र गफगाफमै समय बढी बिताउने कर्मचारीले अब काम ठग्न नसक्ने तर्क उनको छ। 'अब एक कर्मचारीले अर्को कर्मचारी काम गरिरहेको छ या गफ, आफ्नै कुर्चीबाट उठेर हेर्न सक्छन्,' उनले भने।

परराष्ट्रका एक उच्च अधिकारीका अनुसार केही उपसचिव तथा अधिकृतले हाफ पार्टेसन शैलीको कार्यकक्षप्रति गुनासो गरेका छन्। उनीहरूले यस्तो कार्यकक्षमा काम गर्न अफ्ठेरो हुने बताएको ती उच्च अधिकारीले बताए। 'आफ्नै कोठामा सोफा राख्न पाइयोस् भन्ने चाहना केही कर्मचारीको छ,' ती अधिकारीले भने।

कार्यकक्ष खुला रहे पनि परराष्ट्रले प्रत्येक महाशाखालाई अलगअलग पाहुना र बैठककक्ष व्यवस्था गर्ने योजना बनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld