Error
  • Error loading feed data.

पालैपालो मन्त्रिपरिषद् हाँक्नु हास्यास्पदः यादव

smaller text tool iconmedium text tool iconlarger text tool icon
अजित तिवारी, विराटनगर, कात्तिक २४- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलका शीर्षनेता रहेको ‘अध्यक्ष मण्डल' बनाउनु सत्ता लिप्साको हास्यास्पद प्रवृत्ति रहेको बताएका छन्। यादवले शान्ति र संविधानलाई असर पार्ने जस्तोसुकै सहमतिको फोरमले विरोध गर्ने बताए।


‘पालैपालो मन्त्रिपरिषद् हाँक्नु भनेको सत्ताको लिप्सा र हास्यास्पदबाहेक अरु केही होइन'-बुधवार विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसित कुरा गर्दै फोरम अध्यक्ष यादवले भने,‘संबैधानिक प्रावधान र आधार नभएको ‘अध्यक्ष मण्डल' बनाएर तीनदलले मुलुकलाई बर्बादीतर्फ लगिरहेको छ।' उनले ‘अध्यक्ष मण्डल' बनाएर पालैपालो मन्त्रिपरिषद्को अध्यक्ष हुने प्रावधान बेकारको कुरो रहेको टिप्पणी गरे।

‘अध्यक्ष मण्डल बनाउने संवैधानिक आधार छँदैछैन'-नेता यादवले भने,‘संवैधानिक प्रावधान नभएको अध्यक्षमण्डल राखेर मुलुकको समस्या हल गर्दैन।'

हात्तीवन रिर्सोटमा तीनदलका शीर्ष नेताको बसेको गोप्य बैठकले पालैपालो मन्त्रीपरिषद्को अध्यक्षता गर्ने ‘अध्यक्ष मण्डल'(प्रेसिडियम) बनाउने प्रस्ताव काँग्रेसले अस्वीकार गरेलगत्तै फोरमका अध्यक्ष यादवले तीनदलले सत्तालाई केन्द्रबिन्दू बनाएकोमा आपत्ति जनाएका छन्।

‘सत्ताको खेल खेलेर मुलुकलाई बर्बादीतिर लग्यो भने तीन दलको मात्र हैन, २३ दलको समेत विरोध गर्छौ'-उनले भने,‘यसरी संविधान पनि बन्दैन, शान्ति धेरै टाढा जान्छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld