Error
  • Error loading feed data.

भारतीय माओवादीलाई तालिम दिएको कुरा मन्त्रिपरिषदमा उठाउँछुः सुजाता

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, कात्तिक २४ (नागरिक)- अनमिनको निगरानीमा रहेको माओवादी शिविरभित्र भारतीय माओवादीलाई तालिम दिएको कुरालाई आगामी मन्त्रिपरिषदको बैठकमा गम्भीर मुद्दाका रुपमा उठाउने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले बताएकी छिन्।
'यो अत्यन्तै संवेदनशील विषय हो, सरकारले यस विषयमा गम्भीर छानबिन गर्नेछ', आज आफ्नो कार्यालयमा सञ्चारकर्मीहरुसित कुरा गर्दै कोइरालाले बताइन्।

  यो विषयमा भोलि गृहमन्त्री र गृहसचिवसँग छलफल गर्ने उनले बताइन्।

भारतीय दुतावासबाट यस विषयमा पत्र पठाउनासाथ आफूले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुसँग पनि यस विषयमा कुरा गरिसकेको उनले बताइन्।


परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालका लागि भारतीय राजदूत राकेश सुदले दुई हप्ता अगाडि परराष्ट्र सचिव मदन भट्टराईलाई भेटी तालिमका विषयमा 'नन् पेपर' (साधा कागजमा हस्ताक्षर बिनाको) पत्र बुझाएका थिए भने मौखिक रूपमा अनमिनको विश्वासनियता माथि प्रश्न उठाएका थिए।

राजदूतले बुझाएको पत्रमा भारतीय माओवादीलाई तालिम दिइएको एकीकृत माओवादीको शिविरको नाम उल्लेख नगरि शिविर रहेको जिल्लाको नाम मात्र उल्लेख गरिएको छ। राजदूतले बुझाएको पत्र भारत सरकारको आधिकारिक र विरोध पत्र नभए पनि यस्तो 'नन् पेपर' का रूपमा चिनिने पत्रले दुई देश बिचको सम्बन्धमा प्रभाव पार्ने भनाई स्रोतको छ।

राजदूतले बुझाएको पत्रमा माओवादी शिविर उल्लेख नगरी जिल्ला गरेकोले पत्र शान्ति मन्त्रालय नपठाई गृह मन्त्रालय पठाइएको स्रोतले बतायो। 'के भएको हो उपयुक्त पहल गरिदिन' आग्रह गरी आफ्नो पत्र सहित राजदूतको पत्र सोही दिन परराष्ट्रले गृह मन्त्रालय पठाइएको थियो। गृह मन्त्रालय स्रोतले भने त्यस्तो पत्र प्राप्त नगरेको जनायो।

प्रतिक्रियाहरू (1)Add Comment
0
Sameer B
November 10, 2010
83.244.230.115
भोट: +5
...

of course you would take it to the cabinet, you silly, worthless, turd of a politician...! after all, you need to do what your masters across the border tell you to, coz we know well, you dont actually have the brain to think anything by yourself...

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld