Error
  • Error loading feed data.

जनताले सडकबाटै संविधान घोषणा गर्ने : नेता बोगटी

smaller text tool iconmedium text tool iconlarger text tool icon
भक्तपुर, कात्तिक २४ - एकीकृत नेकपा (माओवादी)का सचिव पोष्टबहादुर बोगटीले संविधानसभाबाट संविधान घोषणा नभए जनताले सडकबाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन्।नेवाः मुक्ति मोर्चा नेपाः र नेवाः मुक्ति मंकाः दबूले आयोजना गरेको नेपाल सम्वत् ११३१ को अवसरमा आयोजित कार्यक्रममा उनले त्यसको नेत्तृव माओवादीले गर्ने बताए।

मुलुकमा सङ्कटकाल लगाई राष्ट्रपति शासन लागू गर्ने प्रयास भएको बताउँदै उनले काँग्रेस र एमाले यसको पक्षमा उभिए जनताले अन्तिम लडाइ लड्ने चेतावनी दिए।

अहिले दलहरुबीच भइरहेको वार्तामा सहमतिका लागि माओवादी हदैसम्म लचकता अपनाउने बताउँदै नेता बोगटीले सहमति नभए सबै यथास्थितिवादीहरु समाप्त भएर जाने चेतावनी दिए।

राष्ट्रिय स्वाधीनतको संरक्षण र राज्य पुनःसंरचनाको अवधारणामा नेपाली काँग्रेस नकारात्मक रहेको र एमाले अस्पष्ट रहेको उजले आरोप लगाए।

माओवादीले आत्मनिर्णयको अधिकारसहितको जातीय एवम् क्षेत्रीय राज्य निर्माण हुनुपर्दछ भन्ने मान्यता राखेको र यसमा अडिग रहेको बताए।-रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
anggy
November 10, 2010
124.41.193.159
भोट: +3
...

yo chai ati bhayo bogti ji, aba bholi feri afno sena ra 4-5 hajar karyakarta lera, banduk ko bhar ma tapaile tudikhel bata afai le banako sambhidhan ghosana garchu bhanne sapana dekhnu bhako hola haina?? aati garyo tapaiko party le...yo party nabhayera gunda haru ko jamat ho...bal ko bhar ma rajya garna khojne? kalo moso dalera samaj bata bhagaune din ayo...din ganti garnu hola

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld