Error
  • Error loading feed data.

'प्रधान मन्त्रीको निर्देशनमा भारतीय माओवादीलाई तालिम दिएको प्रचार'

smaller text tool iconmedium text tool iconlarger text tool icon
यो भारतीय राजदूतको विशेष योजना-
काठमाडौं, कात्तिक २४ (नागरिक)- माओवादी सैन्य प्रमुख वर्षामान पुनले प्रधान मन्त्रीको निर्देशनमा भारतीय माओवादीलाई नेपालको क्यान्टोनमेन्टमा तालिम दिएको भनी योजनाबद्धरुपमा नेपाली सेनाको पूर्वी पृतनाबाट प्रतिवेदन तयार पार्न लगाई दिल्ली पठाएको दाबी गरेका छन्।
 
पुनले भारत सरकारले संस्थागतरुपमै माओवादीलाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबाट हटाउन र माओवादीलाई घेराबन्दीमा पार्दै नेपालमा सैन्य हस्तक्षेप गर्ने आधार तयार पार्न योजनाबद्धरुपमा षडयन्त्र गरिरहेको ठोकुवा पनि गरे। यो सबै नेपाल सरकारको निर्देशनमा भएको भनाइ पनि उनको थियो।

उनले ६ महिनाअघि नै नेपाली सेनाको जङ्गी अड्डाले पूर्वी पृतनालाई यस्तो रिपोर्ट तयार पार्नू भनी निर्देशन दिएको र सोहीअनुसार रिपोर्ट बनाएर पठाएको सूचना आफूले पाएको दाबी गर्दै सो रिपोर्ट भारतीय राजदूतको स्वार्थमा दिल्ली पठाई पत्र लेखिएको हुन सक्ने शङ्का व्यक्त गरे।

पछिल्लो पत्रले भारत नेपालको शान्ति प्रक्रिया र संविधान लेखन कार्य निश्कर्षमा पुगोस् भन्ने चाहनामा नरहेको भन्ने शङ्कालाई बल पुर्‍याएको दाबी पनि उनले गरे। भारतले सो विषयमा आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने भन्दै उनले भारतको दाबी पुष्टि भए आफू र आफ्नो पार्टी जस्तोसुकै सजाय भोग्नसमेत तयार भएको पनि बताए। नेपाल सरकारले पनि यस्तो गम्भीर विषयमा तत्काल छानविन गरेर आफ्नो पोजिसन स्पष्ट पार्नुपर्ने भनाइ उनको थियो।

संविधानसभाको म्याद थप हुन नदिने योजनाको साथ यस्तो षडयन्त्र भए पनि पछिमात्र आएको दाबी गर्दै उनले प्रधान मन्त्रीले पछिल्लो समयमा राष्ट्रपतिलाई सक्रिय बनाउने भनी दिएको अभिव्यक्तिसँग पनि यो विषयको सम्बन्ध भएको ठोकुवा गरेका थिए। 'यो षडयन्त्रमुलकरुपमा आएको हो। भारतीय राजदूत राकेश सुदको विशेष पहलमा यो विषयलाई अगाडि ल्याइएको हो'- उनको भनाइ थियो।

भारतीय माओवादी सबै हिसाबमा नेपाली माओवादीभन्दा माथि रहेको तर्क गर्दै उनले नेपाली माओवादीले उनीहरुलाई तालिम दिने कुरै नआउने दाबी गरे। शान्ति प्रक्रियामा रहेको पार्टी, सरकारको नेतृत्व गरिसकेको पार्टी र सरकारको नेतृत्व गर्ने पार्टी माओवादीले यस्तो मूर्खतापूर्ण कार्य गर्ने कुरै आउँदैन- उनले भने। 'फेरि अनमिनको निगरानीमा रहेको शिविरमा भएको कुरा उसलाई कसरी थाहा भएन ? यो विषय योजनाबद्धरुपमा आएको छ'- रिपोर्टस क्लबमा बोल्दै बुधबार उनले भने।

भारतीय माओवादीसँग सैद्धान्तिक र वैचारिक सामिप्यता रहेको भन्दै उनले नक्सलवादी आन्दोलन भारतको आन्तरिक विषय भएकाले उसैले समाधान गर्नुपर्ने धारणा पनि राखे।
प्रतिक्रियाहरू (4)Add Comment
0
raj
November 10, 2010
115.64.33.152
भोट: -1
...

yesta jhar haruko kuralai pani news banaune nagariknews malai man parna chhadyo

0
rambiswo karma new delhi
November 10, 2010
178.66.233.164
भोट: +0
...

Talim ta diyakai jasto cha hai.

0
rambiswo karma new delhi
November 10, 2010
178.66.233.164
भोट: +5
...

Maobadhi ko ta bhar chaina paisha paya ta je pani garchan.

0
Indu, Kathmandu
November 10, 2010
196.207.250.100
भोट: +9
...

the UNMIN is a non-living things which has neither eyes nor ears to see and listen any crime commited in the Maoists's cantonment. So there is no meaning to refere the UNMIN in the case of the accusition of the India and its ambasdor.
we have several experiances which prove that the UNMIN is in Nepal for as a stone which can be defined as god ro stone only. Can you say that the UNMIN had informed to the people of nepal that Mr. Ramhari Shrestha was kidnapped, hidened and killed in the cantonment, Has the UNMIN ever reported that several ex-PLA members are involving in verious criminal activities, and has it reported that how may members in the cantonment are there, or how many of them have left it. So don't try to make people foolish in the reference of the UNMIN, PLS Pun ji try to be responsible citizen of the country as a leader of PLA rather to lier.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld