Error
  • Error loading feed data.

अध्यक्षात्मक प्रणाली अस्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक २४-नेपाली काङ्ग्रेसले माओवादीले अघि सारेको अध्यक्षात्मक प्रणालीलाई अस्वीकार गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेको छ। तीन दलका शीर्ष नेताको बैठक सुरु हुनुअघि काङ्ग्रेस-एमालेको समान धारणा बनाउन प्रधानमन्त्री निवासमा भएको छलफलमा काङ्ग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीसँगको यस्तो आग्रह गरेका हुन्।

तिहारअघि तीनदलका शीर्ष नेताहरुको बैठकमा एमाओवादीले तीनदलको अध्यक्षमण्डल बनाएर पालैपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघिसारेपछि काङ्ग्रेस केन्द्रीय समितिको बैठकले सो प्रस्ताव अवैधानिक भएको ठहर गर्दै त्यो अस्वीकार्य रहेको बताइआएको छ।

छलफलमा एमाओवादीको नयाँ सरकारसँगै बजेट ल्याउनुपर्ने अडानप्रति काङ्ग्रेस र एमालेले असहमति व्यक्त गरेको बुझिएको छ।

मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन भए पनि बजेट ल्याएर अन्य विषयमा छलफल अगाडि बढाउनुपर्नेमा समेत छलफल भएको जानकारी काँगे्रस नेता प्रकाशशरण महतले बताए।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक गतिरोधको अन्त्य गरी शान्ति बहाली, नयाँ संविधान, बजेट र तीनदलका शीर्ष नेताहरुबीच भएका विभिन्न चरणका बैठकमा व्यक्त अभिव्यक्तिहरुप्रति समेत चासो व्यक्त गरिएको थियो।

प्रधानमन्त्री नेपालसँग छलफलका लागि काँगे्रस सभापति कोइराला, विमलेन्द्र निधि, रामशरण महतलगायतका वरिष्ठ नेताहरु बालुवाटार पुगेका थिए।

छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल भने अनुपस्थित रहे। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld