Nepal Republic Media Pvt. Ltd.

Thursday
Dec 12th
Error
  • Error loading feed data.

संविधान निर्माणमा तीव्रता दिने सहमति

smaller text tool iconmedium text tool iconlarger text tool icon
गोविन्द परियार, काठमाडौं, कात्तिक २४- राजनीतिक गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताबीच गोकर्ण गल्फ रिसोर्टमा भएको गोप्य वार्तामा संविधान निर्माणको कामलाई तीव्रता दिन सहमति भएको छ। सरकार निर्माण र  बजेटका विषयसम्म छलफल भएको वार्तापछि शीर्ष नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्ति प्रक्रियाका विषयमा ठोस छलफल भएको उल्लेख छ।
प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा प्रमुख तीन राजनीतिक दलका नेताहरु सहभागी सो वार्तापछि सत्ता साझेदारी बारेको छलफललाई निरन्तरता दिने सहमति समेत गरेको छ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, महासचिव रामबहादुर थापा र स्थायी कमिटी सदस्य देव गुरुङ सहभागी थिए। कांग्रेसको तर्फबाट सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महत र कृष्णप्रसाद सिटौलाले वार्तामा सहभागिता जनाएका थिए। एमालेको तर्फबाट अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री नेपाल, महासचिव इश्वर पोखरेल, नेताहरु भरतमोहन अधिकारी र विष्णु पौडेल तथा गृहमन्त्री भीम रावलको सहभागिता थियो।

अर्को बैठक २९ कात्तिकमा गर्ने सहमती भएको छ।

यसअघिको हात्तीवन रिसोर्ट वार्ताले ६ बुँदे कार्यसूची तय गरेकामध्ये कुनै पनि विषयमा सहमति हुनसक्ने सङ्केत उनको थियो। हात्तीवन रिसोर्टको गोप्य वार्ताले विगतका सहमति कार्यान्वयन, शान्ति प्रक्रिया, संविधान निर्माण, बजेटको समाधानलगायतका ६ बुँदे कार्यसूची तोकेको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld