Error
  • Error loading feed data.

भारतीय माओवादीलाई तालिम दिएकोबारे छानविन गर्न माग

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं, कात्तिक २४ - विभिन्न राजनीतिक दलका नेताले नेपाली भूमिमा एमाओवादीद्वारा भारतीय माओवादीलाई तालिम दिइएको हो भने यसले दुई देशबीचको सम्बन्धलाई गम्भीर असर पार्ने भएकाले सरकारले छानबिन गरी दृष्टिकोण बाहिर ल्याउन आवश्यक भएको बताएका छन्।

आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुले सरकारले यस्ता गम्भीर विषयमा छानबिन गरी यथार्थ विषयलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एमाओवादीले तालिम दिएको भन्ने विषय अत्यन्तै गम्भीर भएको भन्दै यसले दुई देशको सम्बन्धमा दूरगामी असर पार्ने भएकाले सरकारले तत्काल छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा व्यक्त गरे।

उनले एमाओवादी लडाकु र क्यान्टोनमेन्ट अनमिनको निगरानीमा रहेकाले यो विषयमा अनमिनले समेत आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए।

नेकपा(एमाले)का नेता प्रदीप ज्ञवालीले भारतीय माओवादीको आन्दोलनप्रति नेपालको माओवादीको दोधारे धारणाका कारण यस्ता विवाद आउने गरेको हो भन्दै एमाओवादीलाई भारतमा भइरहेको आन्दोलन र आन्दोलनरत पार्टीसँगको सम्बन्धको विषयमा धारणा स्पष्ट पार्न सुझाव दिए।

एमाओवादीका नेता वर्षमान पुनले नेपाल सरकारले यस्तो गम्भीर विषयमा तत्काल छानबिन गरेर आफ्नो स्थिति स्पष्ट पार्नुपर्छ भन्दै भारतको दाबी पुष्टि भए आफू र आफ्नो पार्टी जस्तोसुकै सजायँ भोग्नसमेत तयार भएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले कुनै पनि छिमेकी राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिन नहुनेमा जोड दिए।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld