Error
  • Error loading feed data.

वाइसिएलको आक्रमणबाट एमाले नेता गम्भीर घाइते

smaller text tool iconmedium text tool iconlarger text tool icon

अर्घाखाँची, कात्तिक २४ - वागी गाविसमा वाइसिएल कार्यकर्ताले नेकपा (एमाले) अर्घा गाउँ कमिटीका अध्यक्ष मेखबहादुर कार्कीलाई गएराति कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। वागी गाविस-८ स्थित भडारमा रेमबहादुर खड्का र नारायण पाण्डेलगायतका वाइसिएल कार्यकर्ताले साङ्घातिक हमला गरी कार्कीलाई गम्भीर घाइते बनाएको नेकपा (एमाले) अर्घाखाँचीले जनाएको छ।

गम्भीर घाइते कार्कीको अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

एमाओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काको उपस्थितिमा साङ्घातिक हमला भएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष रामजीप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गरेका छन्र्नु। 

विज्ञप्तिमा घटना नियोजित तरिकाले गराइएको भन्दै संलग्न दोषीलाई तत्काल कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ।

एमाओवादीका जिल्ला इन्चार्ज उज्ज्वलले भने घटना राजनीतिकरुपमा नभई व्यक्तिगतरुपमा भएको र आफूले घटनाबारे थाहा पाएपछि झडपलाई रोकी प्रहरीलाई खबर समेत गरेको तर घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld