Error
  • Error loading feed data.

प्रधानमन्त्री नआएपछि संसदीय समिति स्थगित

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक २५ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित नभएपछि संसद्को राज्य व्यवस्था समितिको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। प्रधानमन्त्रीसँग छलफल गर्ने भनी बोलाइएको बैठक लगातार तेस्रो पटक स्थगित भएको हो।

नेपालले तीन दलको बैठकमा सहभागी हुन गोकर्ण जानुपरेका कारण उपस्थित हुन नसक्ने समितिलाई जानकारी गराएको सभापति रामनाथ ढकालले बैठकलाई जानकारी गराए। प्रधानमन्त्रीको व्यस्ततालाई बुझेर पाँच-सात दिनभित्र पुनः बैठक गर्ने सभापति ढकालले समितिलाई जानकारी दिए।

बैठकमा लोकसेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निरीक्षणमा जाने विषयमा समिति सचिव मुकुन्द शर्माले कात्तिक ३० र मंसीर २ गतेका लागि प्रस्ताव गरे पनि शीर्ष बैठकले बजेट ल्याउने बारे निर्णय गर्नसक्ने हुनाले यसबारे पछि निर्णय गर्ने पनि ढकालले जानकारी गराएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld