Nepal Republic Media Pvt. Ltd.

Wednesday
Dec 11th
Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog

बैंक तथा वित्तीय क्षेत्रका प्रमुखहरु (सिइओ) को तलब सीमा तोक्ने राष्ट्र बैंकको निर्देशन खोटरहित छैन। अहिलेकै रुपमा निर्देशनले निरन्तरता पाइरह्यो यसमा कुनै पुनर्विचार गरिएन भने बैकिङ क्षेत्रका 'विकृति' रोक्ने राष्ट्र बैंकको 'पवित्र उद्देश्य' पूरा होला भन्न सकिन्न। यसले एकथरी विकृतिलाई रोक्दै अर्काथरीलाई बढाउने सम्भावना उच्च छ।

मंसिर लागेपछि महानगर चिसो हुन थालेको छ। अब माघ नसकिन्जेल काठमान्डुमा चिसो घट्दैन। महानगरवासीसँग यी तीन महिनाका लागि एउटै उपाय छ- चिसो सेलिब्रेट गर्ने। यसरी सेलिब्रेट गर्ने कि चिसोलाई नै गर्मी हुन थालोस्!

'बिट्राइस एन्ड भर्जिल' पढिसकेपछि मलाई यान मार्टेलको कथा भन्ने शैलीले अचम्मित र रोमाञ्चितमात्र पारेन, उत्तिकै उद्वेलित र प्रफुल्लित पनि बनायो। आठ वर्षअघि म्यान बुकर पुरस्कार विजयी उपन्यास 'लाइफ अफ पाइ' बाट 'विस्मयकारी कथावाचक'को विशेषण पाएका मार्टेलले पछिल्लो कृतिमा आफ्नो शैली अझ नवीन र परिष्कृत तुल्याएका छन्, त्यो उपाधि अझ सुदृढ पार्र्दै।

काठमाडौँको फोहोरमैलालाई लिएर सार्वजनिक सञ्चार माध्यममा दैनिकजसो कुनै न कुनै समाचार, लेख, टिप्पणी आएकै हुन्छन्। तर, त्यसमा खासै सुधार देखिन्न।

तुवाँलोले ढाकेको काठमान्डु जति टाढा हुन्थ्यो, आकाश उति खुल्दै जान्थ्यो। भक्तपुरका केही मोड कटेर जसै पल्सर बाइकले साँगा टेक्यो, घामले काभ्रेका फाँटहरू चम्किए, पहेँलै धान अझ सुनौला देखिए।

संगीत भनेपछि हुरुक्कै हुने किशोरी उदीयमान संगीतकारसँग प्रेम गर्न पुग्छे। उसैलाई रिझाउन संगीत सिक्छे। प्रेमीको प्रेरणा मिसिएको लगन तपस्या बन्छ। उसले छिटै सिक्छे र झन् कुशल संगीतकार बन्न पुग्छे। संगीतकार प्रेमी युगलको प्रेम परिणयमा परिणत हुन्छ। सफलताका सिँढी क्रमशः उक्लँदै उनीहरू शिखरतर्फ लाग्छन्। पत्नी सन्तान हुर्काउँदै संगीत साधना गर्दै जान्छे। अन्ततः पत्नीका लागि संगीत जीवन बन्न पुग्छ। पति संगीतसँगै इर्ष्या गर्न थाल्छ।

न्युजरुममा कुरैकुरामा मैले भनेँ, 'बिरालाले बच्चा सारेभन्दा बढ्ता मैले किताब यता र उता बोकेर हिँडेको छु।' यति सुन्नु के थियो, अक्षर पृष्ठका संयोजकले अनुभव लेखिहाल्न भने। 'म किताबको भरिया' नागरिक शनिबार (अगस्ट १४, २०१०) को अक्षर पृष्ठमा छापियो।झन्डै दुई महिनापछि अक्षर संयोजकलाई मेरो अर्को पुस्तक अनुभव बुझाउँदैछु। कारण : अब म पुस्तकको भरिया रहिँन।

सपना हो कि विपना भनेर नछुट्टिने अर्धनिद्रामा मालश्रीको मद्धिम धुन गुन्जियो। काठमाडौंबाट झापा हिँडिरहेको यो कबाडी बसमा मालश्री कसले बजाउँथ्यो? सोचेँ- सपनै होला!

'अनियमितता गरेको आरोपमा काभ्रे मालपोत प्रमुखलाई मातृका माओवादीका कार्यकर्ताले कालो मोसो दले।'

काठमाडौँमा घर भएको मध्यम परिवारकी एक्ली बुहारी। त्यतिमात्र हैन आफ्नो नातागोताकै एक्ली बुहारी। त्यसमाथी दशैको समय। सबैजना बुहारी बुहारी भनेर माया गर्छन्। घर परिवारमा होस वा घर पट्टिको नाता गोतामा, सबैजना एउटी बुहारी भन्दै खानपानको लागि भन्छन्। त्यति भनेपछि बोलाको ठाउँमा नजाउँ भएन, बढेकी बुहारी भन्लान् भन्ना पिर। जाउ त बुहारी भन्दै भान्छातिर लग्छन्। अनि कुरा गर्दै लान्छन्, पहिलेको ध्वाङ्गप्वाल भनौ वा अहिलेको बेसिन तिर।

निलो आकाश सेता बादलका बुट्टाले कति आकर्षक देखिएको छ भने हिँड्दै गरेको गल्ली काठमान्डु नै होइनजस्तो लाग्छ। घाम पारिलो बन्दैछ। साँझपख पातलो सिरेटो चल्न थालेको छ। झरीले रूपहीन देखिएको सहरको फोहोरमान्डु परिचय सोह्रश्राद्ध सुरु भएपछि बिस्तारै बदलिँदैछ। दसैं भित्रिएको छ। गाउँ जानेहरू बसपार्कतिर बराम लाग्न थालेका छन्।

झरी परिरहेको बिहान निद्रा खुले पनि ब्ल्याङ्केट तानेर ओछ्यानमै पल्टिरहँदा बेग्लै मजा हुन्छ। ढिलो सुत्नुको फाइदा यही होला, बिहान अबेरसम्म ओछ्यान छोड्न मन लाग्दैन। त्यहीमाथि पानी परेर अलिअलि चिसो भएको शनिबार।

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld