Error
  • Error loading feed data.

Nagarik News Blog

A short description about your blog

बाच्छीलाई दूध दिनु भनेको घाटाको कारोबार हो भन्ने सोच गाई पाल्नेसँग भएपछि गाईको संख्या बढ्ने होइन घट्दै जाने अवस्था छ। नेपालमा दूधालु गाईको संख्या दिन प्रतिदिन घट्नुको सबैभन्दा प्रमुख कारण यो हो।

कृषि अनुसन्धान परिषद (नार्क) बाट मात्र बर्षको १५/१६ जना हाराहारीमा वैज्ञानिकहरु रिटायर्ड हुन्छन्। कृषि मन्त्रालय, कृषि विभाग, पशु सेवा विभागबाट नार्कबाट भन्दा धेरै कृषि बैज्ञानिक रिटायर्ड भैरहेका छन्। पदमा छँदै गुन लगाउन सक्नेले एफएओ, युएन जस्ता संस्थामा जागिर भेटिहाल्छन्। तर, अधिकांशको दैनिकी रिटायर्डपछि घरमा नाति-नातिना खेलाएर बस्नेभन्दा अरु हुँदैन। कसैले भोजमा बोलाइदिए हुन्थ्यो भन्ने आशा अधिकांश रिटायर्डवालासँग हुन्छ।

मंगलबार फेसबुकको अनलाइनमा रहेका साथी लेखनाथ अधिकारीले जिस्किँदै भने-'कालाकालीहरुको कालो सर्ला है। अलि ख्याल गर्नु।' मैले उनलाई केपटाउनमा कालाकाली फेला पार्न नै मुस्किल रहेको बताउँदा विश्वास गरेनन्। विश्वास नगर्नुपर्ने अस्वभाविक पनि होइन। किनकी मैले पनि काठमाडौंबाट केपटाउन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदासम्म अफ्रिकामा त पूरै हब्सीहरुको जगजगी होला भन्ने ठानेको थिएँ।

WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

कमेन्ट

    From Republica

    new-traveld