Error
  • Error loading feed data.

राम्रा १० मा नेपाल पेभेलियन

smaller text tool iconmedium text tool iconlarger text tool icon
पूर्ण बस्नेत, हङकङ, जेठ १९-  काठमाडौँ सहरको संस्कृति झल्कने नेपाल पेभेलियन विश्व संघाई एक्स्पोमा नवौँ स्थान कायम गरेको छ। चिनियाँ भाषी प्रतिष्ठित न्युज पोर्टलको दर्शक सर्वेक्षणमा सूचीमा नेपाल राम्रा दस पेभेलियनमा पर्न सफल भएको हो।
संघाईका लागि नेपाली अवैतनिक दूत जियामिन ऊका अनुसार सर्वेक्षणले चीनलाई पहिलो तथा बेलायत, जर्मनी, जापान, साउदी अरबलगायतलाई उच्च दस स्थानमा देखाएको छ। १९२ देश सहभागी विश्व संघाई एक्स्पोमा ४५ देशका पेभेलियन छन्।

संघाई एक्स्पोले मंगलबार एक महिना पूरा गर्दा ८० लाखले अवलोकन गरेको आयोजकले बताएका छन्। त्यसमध्ये सात लाख ५० हजारले नेपाल पेभेलियन अवलोकन गरे।

नेपाल पेभेलियनका निर्देशक विनायक शाहका अनुसार दैनिक औसत २५ हजार र बिदाको दिन ४० हजार बढी दर्शक नेपाल पेभेलियन हेर्न आउने गरेका छन्। दर्शकलाई सहयोग गर्न ५० चिनियाँ र २० नेपाली कामदार तथा स्वयंसेवक खटाइएको छ।

'राम्रो सहर राम्रो जीवन' मुख्य नारा रहेको एक्स्पोमा धेरै पेभेलियनले आधुनिक प्रविधिलाई प्रदर्शनमा राखे पनि नेपालले परम्परागत कला-कौशल, काठमाडौंको संस्कृति र बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार गरिरहेको छ।

भक्तपुरका सडकमा जस्तो माटाका भाँडा बनाइरहेका कुमाले तथा काठ कुँदिरहेका सिकर्मीलाई नेपाल पेभेलियनमा आउने दर्शकले उत्सुकतापूर्वक हेरेको शाहले बताए।

'नेपाल पेभेलियन डे' मा पुर्‍याउने गरी लुम्बिनी-संघाई कार र्‍यालीका लागि चीन सरकारको अनुमति लिने प्रक्रियामा व्यवस्थापन लागेको छ। २६ दिन लाग्ने अनुमान गरिएको र्‍यालीका लागि चिनियाँ अटो मोवाइल कम्पनीले सातवटा कार दिने भएको छ। तराई, पहाड र हिमाली संस्कृति झल्किने गरी विशेष साँस्कृतिक कार्यक्रम गर्न समावेशी साँस्कृतिक टोली ल्याउने तयारी पनि भइरहेको छ।

अझै पाँच महिना चल्ने एक्स्पोमा नेपालको पर्यटन प्रवर्द्धनका लागि बिसौँ पटक सगरमाथा आरोहण गरेर फर्केका आप्पा शेर्पा र मिस नेपाल जेनिशा मोक्तानलाई 'गुडविल एम्बेसडर' को रुपमा संघाई ल्याइँदैछ।

यस्तै काठमाडौँबाट ल्याइने थाङ्का पेन्टरले एक महिनासम्म नेपाल पेभेलियनमा थाङ्का पेन्ट गरेर देखाउने कार्यक्रम पनि राखिएको छ। यी कार्यक्रमको व्यवस्थापनका लागि नेपाल पेभेलियनले संघाईको यामुन मास्टर माइन्ड कम्पनीसँग सम्झौता गरेको शाहले बताए।

'गेस्ट अफ अनर' बन्न राष्ट्रपति तयार
संघाई विश्व एक्स्पोको 'नेपाल पेभेलियन डे' मा राष्ट्रपति रामवरण यादवलाई 'गेस्ट अफ अनर' बनाउने तयारी भएको छ।


बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार 'नेपाल पेभेलियन डे' वा एक्स्पो समापन समारोहमा सहभागी गराउने गरी राष्ट्रपतिको चीन भ्रमण तय हुन लागेको हो।


भदौ १८ को 'नेपाल पेभेलियन डे' मा राष्ट्रपतिलाई 'गेस्ट अफ अनर' बनाउन उनको कार्यालय शीतल निवासले सहमति दिएको नेपाल पेभेलियन निर्देशक शाहले बताए।


ओलम्पिकपछि चीनमा भइरहेको विश्व चर्चित संघाई एक्स्पोको वैशाख १८ गते भएको उद्घाटन समारोहमा राष्ट्रपति यादवलाई सहभागी गराउने तयारी गरिए पनि नेपालको अस्थिर राजनीतिक कारणले गर्दा सम्भव नभएको दूतावास स्रोतले बताएको छ।

 

 

प्रतिक्रियाहरू (21)Add Comment
0
Bishnu
June 02, 2010
113.199.206.119
भोट: +1
...

धेरै खुसी लाग्यो!

0
siseer
June 02, 2010
202.79.60.25
भोट: +1
...

एकदम राम्रो!

0
Bn Paul
June 02, 2010
121.52.154.114
भोट: +0
...

प्रचण्डजीले त्यहाँ भाषण गर्न कहिले जाने?

0
Padam Bahadur Rawal
June 02, 2010
113.199.245.25
भोट: +1
...

देशको गौरव बढेको महसुस भयो!

0
Indra Dev Rai
June 02, 2010
196.22.48.58
भोट: +1
...

कहिले कहीँ त यस्ता किसिमका समाचार पनि सुन्न पाइयोस् न।

0
anjan1
June 02, 2010
195.229.237.43
भोट: +0
...

prachanda ji.. tiha pani gayara yaso sukila mukila ko vashan garna ho ki,,?

0
krishna shrestha
June 02, 2010
113.199.197.34
भोट: +1
...

खुशीको कुरा हो।

0
aresh
June 03, 2010
89.211.142.46
भोट: +2
...

प्रचण्डजी, त्यहाँ पनि गएर यसो सुकिलामुकिलाको भाषण गर्ने हो कि?

0
shishir
June 03, 2010
115.128.23.168
भोट: +3
...

समाचार धेरै नछाप्नुस् है! फेरी कोही कोहीको कानमा पर्यो भने भत्काउन तयार हुन्छन्। कोही कोही के, त्यही भत्काउन मात्र जानेका नेपालको बरिष्ठ पार्टी!

0
Sarmila
June 03, 2010
113.199.151.81
भोट: +0
...

प्रचण्ड कहाँ जाने भनेको?

0
Mohan THE Mickey
June 03, 2010
84.249.180.66
भोट: +3
...

यसको निर्माणयोजना संजय श्रेष्ठले गर्नुभएको भन्ने सुनेको थिएँ। नागरिकले यस्ता 'डिजाइनर'को बारेमा पनि खोजखबर गरेर लेख्नुपर्यो।

0
bipin
June 03, 2010
134.129.186.178
भोट: +0
...

यसो खुसीको कुरामा त खुसी नै जाहेर गर्नुपर्छ नि! जहाँ पनि राजनीति गर्ने?, एकले अर्काको खेदो गर्ने?

0
nirmal grg
June 03, 2010
86.96.226.93
भोट: +1
...

नेपालीको लागि राम्रो समाचार!

0
pathak
June 03, 2010
113.199.201.248
भोट: +1
...

अति उत्तम समाचार! मन गदगद् भयो।

0
dip
June 04, 2010
113.199.179.200
भोट: +0
...

देशको लागि खुसिको खबर!

0
DR dhungana, Doha, Qatar
June 04, 2010
78.101.133.146
भोट: +0
...

समाचार धेरै नछाप्नुस् है! फेरी कोही कोहीको कानमा पर्यो भने भत्काउन तयार हुन्छन्।

0
raman,israerl
June 04, 2010
80.179.233.38
भोट: +0
...

यो समाचार प्रचण्डलाई सुनाइदिने कि?

0
हरिरम
June 04, 2010
202.166.212.161
भोट: +1
...

धेरै राम्रो छ भनेर समाचार नछापौं| प्रचण्ड चीन जाँदैछन्।

0
punya
July 25, 2010
116.66.193.244
भोट: +0
...

मलाई गर्व लागेको छ!

0
krishna pokharel usa
July 27, 2010
71.42.25.207
भोट: +0
...

साङ्घाइमा राखिएको नेपालको पेभे‍लियनमाथि मलाई गर्व छ!

0
binod
August 01, 2010
117.192.163.223
भोट: +0
...

राम्रो समाचार!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld