Error
  • Error loading feed data.

हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो

smaller text tool iconmedium text tool iconlarger text tool icon
विश्वास हमाल, फिनल्यान्ड - फिनल्यान्डको उत्तरी भागमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किँदा बलिउड नायिका मनिषा कोइरालामा नेपालीपन प्रष्टै देखियो। हनिमुनका लागि फिनल्यान्ड पुगेका मनिषा कोइराला र साम्राट दाहाल नेपालको पर्यटन वर्ष २०११ सफल पार्ने कार्यक्रममा समेत जुटे। 
मनिषा र व्यवसायी दाहालले एक महिना अघिमात्रै नेपाली परम्परा अनुसार बिहे गरेका थिए। गैर-आवसिय संघ (एनआरएन) फिनल्यान्डले आयोजना गरेको नेपाल पर्यटन वर्ष २०११ को प्रवर्दन कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइरालाको नेपलीपना झल्किएको थियो। मनिषाले मिडियाको सामु आफु नेपाली भएकोमा गर्वित गर्दै सबैलाई नेपाल पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सुन्दर देश भ्रमण गर्न निम्ता गरिन्।

मनिषाले नेपाली खाना इच्छा भएको भन्दै 'गुन्द्रुक र तामा पाइन्छ कि?' भन्दा सबैलाई अचम्म्मित भएका थिए।

कार्यक्रमपछि एक फिनिशले रेशम फिरीरी गीत सुरु गरेपछि मनिषाले साथ दिइन्। कार्यक्रममा, फिनल्यान्डको सबैभन्दा बढी बिक्री हुने दैनिक 'हेलसिन्की सानोमात' राष्ट्रिय न्युज एजेन्सी 'एस टि टि' ' वाइ एल इ टीभी' लगायत अरु मिडिया पनि थिए।

 

मनिषाको हनिमुनलाई फिन्ल्यान्ड्का मिडियाहरुले राम्रैसँग कभरेज गरेको बेलामा, एनआरएन ले उनलाइ भेट्घाट र चियापानमा मात्र सिमित नगर्ने गरि उनको माध्यमद्वारा नेपालको पर्यटन विकासको लागि फिनिस मिडियामा छाउने प्रयास गरेको थियो।

प्रतिक्रियाहरू (8)Add Comment
0
keshav bhojpure
July 31, 2010
78.101.116.82
भोट: +2
...

धेरै राम्रो काम गरेकोमा धन्यवाद मनिषा र साम्राट।

0
kailash
July 31, 2010
92.239.1.49
भोट: -3
...

नेपालको माया लाग्ने भए हनिमुन मनाउन फिनल्यान्ड जानु पर्‍यो?

0
gautam
August 01, 2010
113.199.141.36
भोट: +3
...

राम्रै भएछ। नेपाल टुरिजम वोर्ड टुहुरो भएको बेलामा यो कदमको स्वागत गर्नुपर्छ। पर्यटन वर्ष २०११ जिन्दावाद।

0
nirmal
August 01, 2010
194.176.105.45
भोट: +1
...

एक पन्थ दुई काज।

0
Ripu
August 01, 2010
80.221.4.18
भोट: +0
...

सबैको भलो होस्!

0
Dinesh Adhikari
August 15, 2010
113.199.221.228
भोट: +4
...

नेपालका मिडियाले केही समाचार नपाएको जस्तो छ।

0
Hiralal gurung
August 20, 2010
116.66.193.244
भोट: +0
...

kanhi nabhako jattra hadi gauma.jabo auta haliudko naekale bibaha gardaima yati dherai halla machaunu parchha ta?

0
nirmal
August 27, 2010
113.199.174.155
भोट: +1
...

गुन्द्रुक र तामा पाइन्छ कि?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld