Error
  • Error loading feed data.

क्यानडामा आप्रवासीलाई २९ क्षेत्र खुल्ला

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, असार २२(नागरिक)-क्यानडा सरकारले २९ वटा व्यावसायिक क्षेत्रका दक्ष जनशक्तिलाई आकर्षित गर्ने कानुन तयार पारेको छ।

क्यानडाले हालै आप्रवासी कामदार सम्बन्धी कानुनलाई संसोधन गर्दै समाजसेवी, व्यापार प्रवर्द्धक, डेन्टिस्ट, फार्मेसीलगायत क्षेत्रका दक्ष जनशक्तिलाई आकर्षित गर्ने व्यवस्था गरेको हो। खुल्ला गरिएका २९ क्षेत्रको पूर्ण सूचि हेर्न यहाँ क्लिक गर्नुस्।

  प्रतिवर्ष २ लाख ६५ हजार विदेशीहरुलाई स्थायी बसोवास अनुमति (ग्रिनकार्ड) दिने नीतिअनुसार नयाँ क्षेत्रलाई खुल्ला गरेको हो। उसले कुल आप्रवासीमध्ये ५० प्रतिशत भने दक्ष जनशक्ति लिने व्यवस्था गरेको छ।

क्यानडाले लेक्चरर, एकाउन्टेन्ट, हेल्थ म्यानेजर, कन्ट्रक्सन म्यानेजरलगायतका क्षेत्रलाई भने निरुत्साहित गर्ने नीति लिएको छ। यी क्षेत्रमा धेरै जनशक्ति क्यानडा प्रवेश
गरिसकेकाले नयाँ नियममा यी क्षेत्रलाई निरुत्साहित गरिएको हो। आगामी वर्ष भने २० हजार आप्रवासीलाई मात्र क्यानडा प्रवेश दिइने छ।

क्यानेडियाली आप्रवासी परामर्शदाता मिलन कार्कीका अनुसार, क्यानडा जाने नेपालीको संख्या पनि वृद्धि भइरहेको छ। गएको एक वर्षमा धेरै नेपाली क्यानडा गएका भए पनि भाषा, अदक्षता र पुरानो शैलीको शिक्षा पद्धतिका कारण व्यावसायिक कार्य गर्न नसकेको उनले बताए। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld