Error
  • Error loading feed data.

अमेरिकामा दुर्घटना गराएर भागेका नेपालीलाई के कारबाही होला?

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, असार ३१ (नागरिक)- तीन अमेरिकी किशोरी मारिने गरी कार दुर्घटना गराएर २५ वर्षीय नेपाली साजन तिमल्सिना बेपत्ता भएपछि त्यहाँको मिडियाले स्थानीय प्रहरीमाथि ‍औँला ठड्याइरहेका छन्। तर प्रहरीले भने स्पष्ट प्रमाणको अभावमा त्यतिबेला तिमिल्सिनालाई हिरासतमा नराखेको भन्दै आफ्नो निर्णयको बचाउ गरिरहेको छ।

‘तिमल्सिना भाग्लान् भन्ने हामीले सोचेका थिएनौँ,' ह्यारिस काउन्टी जिल्ला वकीलको कार्यालयका प्रवक्ता डोन्ना हकिन्सले ‘हुस्टन क्रोनिकल'लाई बताइन्।

रक्तपरीक्षणको रिपोर्टमा कानुनी रुपमा मान्यभन्दा बढी मदिराको मात्रा देखिए पछि सोमबार प्रहरीले उनीविरुद्ध तीन वटा अभियोग लगाइसकेको छ। यी अभियोगहरु प्रमाणित भए उनले ६० वर्षसम्मको कैद सजाय भोग्नु पर्ने हुनसक्छ।


हुस्टनको स्थानीय टेलिभिजन कियाह टिभीका अनुसार अधिकारीहरुले कतारमा सुपुर्दगी प्रक्रियाका लागि अनुरोध गरेका छन्। तिमिल्सिनाले नेपाल फर्कन कतारको बाटो प्रयोग गरेको उनीहरुको अनुमान छ। नेपालसँग भने अमेरिकाको सुपुर्दगी  सन्धि भएको छैन।


त्यहाँको प्रहरीले युएस मार्सललाई पनि सहयोगका लागि आग्रह गरिसकेको छ। युएस मार्सल अमेरिकाको कानुन कार्यान्वयन निकाय हो। यसले गिरफ्तार गर्ने वारेन्ट जारी गर्ने र फरार अपराधी खोज्ने काम समेत गर्छ। तिमल्सिना फेरि अमेरिका प्रवेश गर्न खोजे उनलाई त्यति नै बेला हिरासतमा लिइने छ।


तिमल्सिना नेपाल आएको भए उनी कारबाहीबाट बच्न सक्लान् त? नेपाल प्रहरी स्रोतले दिएको जानकारी अनुसार यदि अमेरिकी प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गर्‍यो भने उनी कारबाहीको भागी हुनसक्छन्। ‘त्यस्तो अवस्थामा नेपाल प्रहरीले अभियुक्तलाई गिरफ्तार गरी नेपालमा रहेको इन्टरपोललाई बुझाउँछ र यहाँको इन्टरपोलले अमेरिकाको इन्टरपोललाई अभियुक्त हस्तान्तरण गर्छ', प्रहरी स्रोतले बतायो। (फोटो साभारःइलाभेन न्युज हुस्टन)

 

सम्बन्धित समाचार

अमेरिकामा तीन किशोरी दुर्घटनामा मारिएपछि नेपाली फरार

 

प्रतिक्रियाहरू (7)Add Comment
0
Kiran,Sydney
July 15, 2010
122.106.20.176
भोट: +3
...

मातेर सवारी चलाउनु विदेशमा खेदजनक कुरा हो। यदि उनी सच्चा दोषी हुन् भने उनलाई कारबाही गरिनुपर्छ।

0
binod
July 16, 2010
80.203.106.35
भोट: +0
...

कारबाही हुनुपर्छ।

0
Samir Paudel
July 16, 2010
87.95.8.95
भोट: +1
...

के गर्नु, अमेरिका पुगेर समेत आफ्नो इमान जोगाउन नसकेको! सारा नेपालीको बदनाम हुने गरी अमेरिका जस्तो नियमकानुन भएको देशमा समेत मादक पदार्थ सेवन गरी गाडी चलाएर ३ जनाको हत्या गरी फरार भएछ|

0
AAkash
July 16, 2010
202.44.14.194
भोट: +0
...

तिमिल्सिनाले भागेर आफुलाई अपराधी भएको पुष्टी गरेका हुन् कि! पुलिससँग समन्वय गर्नुस्। साहेद सजाएँ कम हुनसक्छ।

0
रमा
July 19, 2010
202.45.147.126
भोट: -1
...

हेर! अमेरीका जस्तो ठाउँमा गएर पनि यस्तो कुकर्म गरेर भाग्नु! यो त साह्रै लाजमर्दो कुरा भयो। यसै हुनाले त नेपालीलाई भिसा दिन चाहँदैनन्!

0
ayushri
August 01, 2010
122.104.124.88
भोट: +2
...

नेपालीहरु त्यसै बाहिर गएपछि हिरो ठान्छन के।

0
Ghimire Ram chandra
August 26, 2010
195.229.235.42
भोट: +0
...

GUys u know there is limitation of everything...When u cross it...of course u will be in d hell ,sorry for u dude....Guys Enjoy yr life bt...Be careful...Cheers...

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld