Error
  • Error loading feed data.

चार स्वर्ण जितेका दीपकलाई २५ सय डलरसहित सम्मान

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, साउन ३ (नागरिक)- दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी नेपाली खेलाडी दीपक विष्ट शनिबार अमेरिकाको न्युयोर्कमा सम्मानित भएका छन्।

  न्युयोर्कमा रहेका नेपालीको तर्फबाट गरिएको सम्मान विष्टलाई संयुक्त राष्ट्र संघस्थित नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले प्रदान गरेका थिए।

सागमा चार स्वर्ण जितेका विष्टलाई सम्मानसहित २५ सय डलरको चेक प्रदान गरिएको थियो। नेपाली समाजका अगुवा डा. तारा निरौलाको सभापतित्वमा भएको सम्मान कार्यक्रममा न्युयोर्कका नेपाली कांग्रेसका युवा नेता आनन्द विष्ट, कलाकार शैलेस श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली, नेपाली जनसम्पर्क समिति न्युयोर्कका संयोजक कृष्ण पोखरेल, आदिवासी जनजाति महासंघ अमेरिकाका महासचिव आदित्य महर्जन, रिज्वुड नेपालिज सोसाइटीका अध्यक्ष श्री पराजुली, डा.अंगराज तिमिल्सिनाले खेलाडी विष्टका बारेमा बोलेका थिए। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld