Error
  • Error loading feed data.

नेपाली पत्रकारलाई पहिलोपल्ट अमेरिकी मान्यता

smaller text tool iconmedium text tool iconlarger text tool icon
वासिङटन डीसी, असोज २२- अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रले पत्रकार किशोर पन्थी र सूर्य थापालाई अमेरिकामा बसेर पत्रकारिता गर्ने विदेशी पत्रकारको मान्यता दिएको छ।

  वैदेशिक संचार केन्द्रले नेपाली पत्रकारलाई यस्तो मान्यता दिएको यो नै पहिलोपल्ट हो। यसअघि कुनै पनि नेपाली पत्रकारले वैदेशिक संचारकेन्द्रबाट सदस्यता पाएका थिएनन्।

पन्थी र थापा बाहेक अमेरिकामा रहेर नेपालको संचारमाध्यमका लागि पत्रकारिता गर्न केन्द्रबाट विदेशी पत्रकारको मान्यता पाएका नेपाली पत्रकार कोही पनि नभएको केन्द्रले जानकारी दिएको छ। केन्द्रको रेकर्ड पुस्तिकामा अमेरिकामा रहेर नेपालका लागि लागि पत्रकारिता गर्ने विदेश पत्रकारको सूचीमा पन्थीको नाम पहिलो नम्बरमा रहेको छ भने थापाको नाम दोश्रो नम्बरमा रहेको छ। त्योबाहेक अरु कुनै नेपाली पत्रकारको नाम छैन।

नेपालमा पेशागत असुरक्षा महसुस गर्दै पन्थी र थापा ६ महिनाअगाडि अमेरिका गएका थिए।

केन्द्रमा पत्रकारको रेकर्ड हेर्ने मेरी टेर्नसले भनिन् -"यसअघि हामीले अमेरिकामा विदेशी पत्रकारका रुपमा बसेर रिपोर्टिङ गर्ने कुनै पनि नेपाली पत्रकार भेटेका थिएनौं, पूरै अमेरिकाको रेकर्ड हेर्दा पनि पन्थी र थापाबाहेक अरु कोही देखिएन। "

अमेरिकामा कानुनी रुपमा बसोबास गरिरहेका, अमेरिकामा रहेर विदेशी संचारमाध्यममा निरन्तर काम गरिरहेका, "आई" भिसाको स्टाटसमा अमेरिकामा रहेका, सम्बन्धित देशको कन्सुलेटको कार्यालयबाट समेत पत्रकारको मान्यता पाएका लगायतका आधा दर्जन मापदण्ड पूरा गरेका पत्रकारलाई मात्र केन्द्रले अमेरिकामा बसोबास गर्ने विदेशी पत्रकारको मान्यता दिने गरेको छ। केन्द्रको सदस्यता प्राप्त गरेपछि कुनै पनि विदेशी पत्रकारलाई अमेरिकामा बसेर पत्रकारिता गर्न सहज हुने केन्द्रका अधिकारी मार्क थोर्नले जानकारी दिएका छन्।

रेकर्ड अनुसार अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रबाट विदेशी पत्रकारको मान्यता पाएर अमेरिकाबाट पत्रकारिता गर्ने पत्रकारहरुको संख्या झण्डै चारहजार रहेको छ भने न्यूयोर्कमा मात्र यस्ता पत्रकारहरु १५ सय भन्दा धेरै छन्।

चिनियाँ पत्रकारहरुको संख्या उल्लेख्य रहेपनि भारतीय पत्रकारहरु भने झण्डै दर्जनको हाराहारीमा मात्र रहेका छन्। नेपालबाट अधिकांश पत्रकारहरु संचारमाध्यमका सदस्यहरुलाई मात्र दिइने आई भिसामा नभई पर्यटक भिसामा अमेरिका छिर्ने भएकाले उनीहरुलाई अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रले विदेशी पत्रकारको मान्यता नदिएको हो।

प्रतिक्रियाहरू (1)Add Comment
0
Bala Krishna Kandel
November 22, 2010
113.199.151.155
भोट: -1
...

समाचार निकै रमाइलो र सटिक छ ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld