Error
  • Error loading feed data.

अर्थ

मूल्य वृद्धि फिर्ता हुँदैन : आपूर्ति मन्त्री

कि चाहिँ भ्याट हटाउनुपर्ने-
विराटनगर, मङ्सिर २४- आपूर्ति मन्त्री राजेन्द्र महतोले सरकारले हालै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल कम गर्न नसकिने बताएका छन्। उनले नेपाल आयल निगम व्यापक घाटामा गएको र घाटा समायोजन गर्ने अन्य कुनै वातावरण नभएपछि बाध्य भएर इन्धनको मूल्य वृद्धि गर्नुपरेको दाबी पनि गरे।
विस्तृतमा

भाउ बढाएको विरोधमा आइतबार ग्यास बिक्री बितरण बन्द

काठमाडौं, मंसिर २३ (नागरिक) - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल ग्यास विक्रेता महासंघले आइतबार एक दिन देशव्यापी ग्यासको बिक्री वितरण बन्द गर्ने भएको छ। घाटा भएको भन्दै निगमले प्रति सिलिन्डर ग्यासको मूल्यमा ७५ रुपैयाँ वृद्धि गरेको थियो।
विस्तृतमा

एयर अरेबियाविरुद्ध सभासद

सुशील भट्टराई, काठमाडौं, मंसिर २३-सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को निजी वायुसेवा कमपनी एयर अरेबियालाई काठमाडौं-क्वालालम्पुर सेक्टरमा उडान गर्न दिएको अनुमतिमा पुनर्विचार हुनुपर्ने धारणा सभासदहरूले राखेका छन्।
विस्तृतमा

एक वर्षभित्र सेयर बेच्न नौ संस्थालाई राष्ट्र बैंकको निर्देशन

नारायण सापकोटा, काठमाडौं, मसिर २३- सञ्चालनमा आएको दुई वर्षसम्म साधारण सेयर जारी नगर्ने ९ बैंक तथा वित्तीय संस्थालाई १ वर्षभित्र सेयर बिक्री गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
विस्तृतमा

प्राधिकरणको प्रतिवेदनप्रति टेलिकम असन्तुष्ट

काठमाडौं, मसिर २३ (नागरिक) -टेलिफोन गुणस्तरबारे दूरसञ्चार प्राधिकरणले मंगलबार सार्वजनिक प्रतिवेदनप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ।
विस्तृतमा

सरकारले ४० करोड दिएमात्र मूल्य वृद्धि फिर्ता : आयल निगम प्रमुख

काठमाडौं, मङ्सिर २२ (नागरिक)- नेपाल आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झाले सरकारले ४० करोड रुपैयाँ अनुदान दिएमात्र पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल फिर्ता लिन सकिने बताएका छन्। अहिले मूल्य समायोजन नगर्ने हो भने बजारमा पेट्रोलियम पदार्थ अभाव हुने र त्यसले कालाबजारी बढाउने उनको दाबी थियो।
विस्तृतमा

खानेपानी र तेलमा मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढ्दो

विष्णु पोखरेल, काठमाडौं, मंसिर २२- राजधानीमा बिक्री हुने प्रशोधित पानी र खानेतेलमा मिसावटको मात्र बढेको पाइएको छ। खानेपानी र तेल उत्पादकले मिसावट गरेर उपभोक्ता ठगी गरिरहेको सरकारी अध्ययनले देखाएको हो।

विस्तृतमा

वायुसेवा निगमका दुई हाकिमको विवादः सरकार गुहारियो

'सरकारले दुईजनालाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएका कारण निगम ध्वस्त हुँदै गएको हो, अब पनि सरकार कानमा तेल हालेर बस्छ भने त्योभन्दा लाजमर्दो केही हुन्न'
विस्तृतमा

टेलिकमको मोबाइल गुणस्तरहीन : प्राधिकरण

काठमाडौं, मंसिर २१ (नागरिक) - नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अनुसन्धानमा देशका तीन ठूला टेलिफोन सेवा प्रदायकहरुमध्य नेपाल टेलिकमको जीएसएम मोबाइल सबैभन्दा 'गुणस्तरहीन' ठहरिएको छ। अनुसन्धानबाट टेलिकमको ल्यान्डलाइन फोनको गुणस्तर समेत सन्तोषजनक नदेखिएको प्राधिकरणले जनाएको छ।
विस्तृतमा

जग्गाको भाउ घट्यो

बालकृष्ण ज्ञवाली, काठमाडौं, मंसिर २१- -व्यवसायीहरु अहिले उपत्यकाको घरजग्गा मुल्य प्रतिआना एकदेखि पाँच लाख रुपैयाँसम्म घटेको बताउँछन्। उनीहरुका अनुसार व्यवसायिक रुपको घरजग्गाको मूल्य कम र आवासीय क्षेत्रमा बढी घटेको छ। एक वर्षदेखि लगातार कारोबारमा आएको मन्दीका कारण मूल्य घटेको उनीहरु बताउँछन्।
विस्तृतमा

सडक निर्माण सकिन लाग्दा रोजगारीको चिन्ता

सुदर्शन सापकोटा, भूमिराज (बैतडी), मंसिर २२ - वैतडीको भूमिराज-श्रीभावर सडक खण्ड निर्माण पूरा हुनै लाग्दा स्थानीय विष्णा धानुक यतिबेला चिन्तित छिन्। अढाइ वर्षदेखि सडक खनेरै गुजारा गर्दै आएकी उनी काम सकिन लागेकोमा चिन्तामा परेकी हुन्।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 13
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld