'चीनको वृद्धिदर ७ प्रतिशतमा झर्छ'

Saturday, 06 November 2010 13:17 नागरिक
Print
बेइजिङ, कात्तिक २०- विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको आर्थिक वृद्धिदर तीन देखि ५ वर्षभित्र ७ प्रतिशतमा खुम्चिने सरकारी अध्ययनकर्ताले जनाएका छन्। औशत १० प्रतिशतको आर्थिक वृद्धिदर कायम गरिरहेको चीनको यो वृद्धिदर अहिलेभन्दा ३ प्रतिशत कम हुने बताइएपनि ५ वर्षसम्म अर्थतन्त्रको आकार बढी भइसक्ने भएकाले त्यसले धेरै नराम्रो असर भने छाड्ने छैन।

सरकारी नियन्त्रणमा रहेको डेभलोपमेन्ट एन्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक लिउ सिजिनले विश्वव्यापी आर्थिक मन्दी हट्ने क्रम फितलो भएकाले चीनको आर्थिक वृद्धिदर पनि प्रभावित हुने बताए।

यो वर्षको पहिलो तीन महिनामा चीनको कूल गार्हस्थ उत्पान वृद्धि ९ दशमलब ६ प्रतिशत रह्यो। जवकी एक वर्ष अघि यो दर १० दशमलब ३ प्रतिशत थियो। घटेको कूल गार्हस्थ उत्पादनलाई चिनियाँ अधिकारीले अपेक्षाकृत नै भनेका छन्। 'चीनले ३० वर्ष लगातार तिब्र गतिको आर्थिक वृद्धिदर पायो। अब यो मध्यमस्तरको गतिमा जाने छ,' सिजिनले भने।