Nepal Republic Media Pvt. Ltd.

Wednesday
Feb 19th
Error
  • Error loading feed data.

२ लाख ७६ हजार नक्कली भारुसहित एक पक्राउ

smaller text tool iconmedium text tool iconlarger text tool icon
उपेन्द्र लामिछाने, वीरगन्ज, मङ्सिर २- पर्सा प्रहरीले जाली नोटका एक कारोबारीलाई नक्कली भारतीय रुपैयाँसहित सार्वजनिक गरेको छ। त्रिमूर्ति हल नजिकबाट पक्राउ परेका वीरगन्ज-१४ श्रीपुर बस्ने राजेश सहनीलाई २ लाख ७६ हजार ४ सय ९० नक्कली भारतीय रुपैयाँसहित प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।
    
कात्तिक ३० गते  पक्राउ परेका सहनीको साथबाट प्रहरीले   एक हजार दरको एक सय ६१ थान, ५ सय दरका २ सय ३१ थान र  ५ रुपैयाँ दरका ९८  थान नक्कली रुपैयाँ  फेला परेको प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए। उनलाई धीरेन्द्र नाम गरेका व्यक्तिले उक्त रुपैयाँ दिएको सहनीको भनाई उद्धृत गर्दै प्रहरीले बतायो। सहनी ९ वर्षदेखि यो काममा संलग्न रहेको प्रहरी दाबी छ।

सीमावर्ती सहरमा नक्कली भारतीय रुपैयाँको कारोबार बढेको छ। स्थानीय बजारमा भारु अभाव हुँदा जाली नोटका व्यापारी सक्रिय छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld