Nepal Republic Media Pvt. Ltd.

Wednesday
Jan 22nd
Error
  • Error loading feed data.

निजी विद्यालयले शिक्षा शुल्क नतिर्ने

smaller text tool iconmedium text tool iconlarger text tool icon
भक्तपुर, मङ्सिर १८- निजी विद्यालयहरुले सरकारले लगाएको शिक्षा कर नतिर्ने घोषणा गरेका छन्। शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठनको मध्यमाञ्चल क्षेत्रीय भेलाले यस्तो निर्णय गरेको हो। सरकारले आर्थिक वर्ष २०६६/६७ मा निजी विद्यालयमाथि लगाइएको १ प्रतिशत शिक्षा सेवा शुल्क अभिलम्ब हटाउनुपर्ने र विद्यालयलाई करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग पनि उनीहरुले गरे।

भेलामा सङ्गठनका उपाध्यक्ष सम्राट तुम्बाहाम्फेले निजी विद्यालयको समस्या र सामाधनका पक्षहरु विषयक अवधारणापत्र प्रस्तुत गर्दै निजी  विद्यालयहरुले व्यवसाय सञ्चालन गरेबापत सरकारलाई विभिन्न प्रकारका कर तिर्दै आए तापनि सरकारले निजी विद्यालयहरुलाई निरुत्साहित पार्न खोजको आरोप लगाए। सरकारले शुल्कको नाममा जथाभावी कर उठाउन नपाउने र विद्यार्थी वा अभिभावकबाट तर्कहीन शुल्क उठाएर आफूहरुले सरकारलाई बुझाउन पनि नसक्ने उनको भनाइ थियो।

सरकारले शिक्षा क्षेत्रमा २४ प्रतिशत बजेट छुट्याए पनि शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको निजी विद्यालयहरुलाई भने समेट्न नसकेकोप्रति पनि उनीहरुले आपत्ति व्यक्त गरे।

भेलामा ११ जिल्लाका १ सय ५० प्रतिनिधिको सहभागिता छ।
- रोशन शिल्पकार
प्रतिक्रियाहरू (2)Add Comment
0
Kalyan Thapa
December 04, 2010
213.130.118.162
भोट: -2
...

यो निर्णयलाई म पनि स्वागत गर्छु। निजी विधालयका पनि आफ्नै कमजोरी छन्।

0
Lalit Singh Rawal
December 04, 2010
113.199.145.229
भोट: +2
...

private schools should pay some of their profit as tax to the government because they are profit oriented organizations. And government should invest that amount in the improvement of gorverment schools..

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld