Nepal Republic Media Pvt. Ltd.

Thursday
Jun 04th
Error
  • Error loading feed data.

स्कुटर सित्तैमा दिँदा पनि एउटै बिकेनन् कार पोखरामा

smaller text tool iconmedium text tool iconlarger text tool icon

मनोज अधिकारी, पोखरा, मंसिर १९- नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा डेढ सातादेखि जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा गाडीको बिक्री ज्यादै कम भएपछि बिक्रेता निराश छन्। १६ लाख ५० हजारको कार किन्दा १ लाख ४० हजारको स्कुटर सित्तैमा दिए पनि बिक्री भएको छैन। पोखरास्थित विभिन्न कम्पनीका सोरुम तथा बिक्रेताले गाडीको बिक्री तथा प्रवर्द्धनका लागि मेलामा मोटरका चार दर्जनभन्दा बढी स्टल राखेका छन्।

मेलामा ५० हजारदेखि एक लाख रुपैयाँसम्म छुट दिए पनि एउटै गाडी बिक्री गर्न सकिएको छैन। मेलामा एक लाख रुपैयाँसम्म छुट योजना ल्याए पनि ग्राहक आकर्षित गर्न नसकिएको दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रालिका प्रोपाइटर शिव द्वाले बताए।

मेलामा टाटा कम्पनीका कार तथा जिप बिक्री लागि राखेको द्वाले मेलाको दसौं दिनसम्म कुनै गाडी बिक्री नभएको बताए। उनले आयोजकले प्रचार गरेजस्तो मेलास्थलमा दर्शकको चाप र कारोबार पनि नभएको टिप्पणी गरे। 'हामीले यस मेलामा २-४ वटा गाडी बिक्री हुन्छ भन्ने सोचेका थियौं,' उनले नागरिकसँग भने, 'तर मेला सकिन लाग्दासमेत एउटै गाडी बिकेनन्।'

मेलामा टाटा कम्पनीका ग्रान्डे र सफारी जिप तथा मान्जा कार राखिएका छन्। दर्शकको आकर्षक कम देखेपछि उक्त सोरुमले ग्रान्ड जिप हटाएर भिस्टा कार राखेको छ।

टाटा सफारीको मूल्य ३४ लाख, ग्रान्डेको ३४ लाख ५० हजार, मान्जाको २७ लाख ९५ हजार र भिस्टाको २३ लाख ९५ हजार मूल्य छ। 'बजेट आउन ढिलो भएकाले एक साताअघि मात्रै सबै गाडीको मूल्य बढेर आएको थियो,' द्वाले भने, 'मूल्य बढ्ने बित्तिकै कसैले पनि सामान किन्न खोज्दैनन्। त्यही कारण हुन सक्छ, अहिले मेलामा गाडी किन्नेहरु पाउन गाह्रो भएको छ।'

बुद्धचोकस्थित ए वन मल्टिनेसनल ग्रुप प्रालिका प्रोपाइटर शम्भुलाल श्रेष्ठले व्यापार मेलामा गाडीको बिक्री नगन्य मात्र भएको बताए। गाडीका स्टलहरुमा विगत वर्षहरुको जस्तो अवलोकनकर्ता नआएको र कारोबार पनि सन्तोषजनक नरहेको उनले बताए।

विभिन्न कम्पनीका मोटर बेच्ने ५० वटा स्टल भएको ठाउँमा १० दिनको अवधिमा मुस्किलले ३-४ करोडको गाडी बिक्री हुनु निराशाजनक स्थिति हो,' पश्चिमाञ्चल अटो मोबाइल्स डिलर एसोसिएसनका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, 'विगत वर्षहरुको तुलना गर्दा यसपटकको मेलामा २० करोड रुपैयाँ बराबरको गाडी बिक्री हुनुपर्ने हो।'

उनकाअनुसार गत वर्ष यस्तै मेलामा करिब १२ करोड रुपैयाँको गाडी बिक्री भएको थियो। दुई वर्षअघि पनि ८ करोड हाराहारीमा गाडीको कारोबार भएको थियो।

'दुई वर्षअघिको तुलनामा सबै गाडीको मुल्य बढेर कहाँ पुगिसक्यो' उनले भने, 'अहिलेको मूल्य अनुसार गाडीको बिक्री दोब्बर हुनुपर्नेमा ३-४ करोड मात्र हुनु नराम्रो स्थिति हो।'

सवारीसाधनमा बैंकहरुको कर्जा नीति कडा भएकाले पनि गाडीको कारोबार नबढेको उनको अनुमान छ। नयाँ बजारस्थित ए एन्ड डी अटो हाउसका प्रोपाइटर सुशील गौचनले पनि मेलाको स्टलमा सोधपुछ गर्नेहरु आए पनि गाडी बिक्री नभएको बताए। मोटरहरुको बिक्री तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेलामा आए पनि अन्तिम दिनमा आइपुग्दासमेत खासै सन्तोषजनक नभएको उनको टिप्पणी छ।

मेलामा नाजाको फ्रोजन कार किन्दा स्कुटर सित्तैमा दिने योजना ल्याएको जोन वे अटो मोबाइल्सले कुनै गाडी बिक्री गर्न नसेकेको जनाएको छ। उक्त सोरुमका बिक्री प्रबन्धक चित्र केसीले १६ लाख ५० हजारको कार किन्दा १ लाख ४० हजारको स्कुटर सित्तैमा दिए पनि बिक्री नभएको बताए।

महँगो भाडा तिरेर चार वटासम्म स्टल लिएका अधिकांश मोटर बिक्रेताले सोरुममा आउने जति ग्राहक पनि मेलास्थलमा नआएको गुनासो गर्न थालेका छन्। सोरुमले मेलाका स्टलमा आधा दर्जनसम्म कर्मचारी खटाए पनि खासै उपलब्धि नभएको स्वयम् कर्मचारीहरु बताउँछन्।

'गाडी हेर्ने मानिस त पाउनै मुस्किल छ के को बिक्री हुनु,' एक सोरुमकी कर्मचारीले रुमालले मुख छोप्दै भनिन्, 'दिनभर धुलो खाएर बस्ने मात्र काम भएको छ। दुई-चार जनाले गाडी हेरेर जानेबाहेक केही उपलब्धि भएको छैन।'

मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले भने एक सातामा डेढ लाख दर्शकले अवलोकन गरेको र करिब १५ करोडको आर्थिक कारोबार भएको दाबी गरेको छ।

प्रतिक्रियाहरू (4)Add Comment
0
maya
December 05, 2010
78.100.211.59
भोट: +30
...

स्कुटरको पैसा कारमै जोडिएको हुन्छ अनि कसले किनोस् त। जनता बेवकुफ छन् र?

0
lokraj sharma
December 05, 2010
78.100.60.78
भोट: +15
...

चाउचारजस्तै दुई किन्दा एक सित्तैमा दिए पनि कार बिक्री गर्न गाह्रो छ।

0
damodar
December 06, 2010
86.51.251.169
भोट: -1
...

कसैले एक लाख चालिस हजार सित्तैमा दिन्छ?

0
Homraj Bik
December 06, 2010
131.123.235.7
भोट: +0
...

What is our income? Most of the private vehicles that are bought in Kathmandu are either by business people or by government officers. Business people bought it because they know how to earn money, and they don't pay tax in full. And government officers they know how to mobilize nation treasure for their own good. Most the private vehicles bought in Kathmandu is our national treasure. How can a Nepali buy a car? in Pokhara? Nobody is that stupid what's going on here but no one can do anything because 99% of these people occupied in high ranking full power position.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld